बचतकोषको मनग्य पैसा लिएर चापागाईं फरार ठगिबाट बच्नकोलागी नवलपरासी सेवासमाज कतारको अपिल

कन्दरा सम्बादाता
प्रकाशित : २०८१ असोज ५ गते १:३८

बिकास गैरे दोहा-कतार

नवलपरासी सेवासमाज कतारले बचतकोषबाट ऋण लिएर फरार नवलपरासी जिल्ला बर्दघाट नगरपालिका वडा नं. ४,निवासी भीम प्रसाद चापागाईं “बिनय शर्मा” बाट बच्नको लागि  एक प्रेस बिज्ञप्ती जारी गर्दै देश बिदेशमा रहनुहुने सम्पुर्णमा अपिल गरेको छ ।

 

समाजको  बचतकोषबाट चापागाईंले विभिन्न बहानामा मनग्य रकम (कतारी रियल) लिई करिब १८ महिना अगाडिदेखि सम्पर्क बिहिन भएको समाजका अध्यक्ष दुर्गा बहादुर हमालले कन्दरा न्युज डटकमलाई जानकारी गराएका छन । फरार चापागाईं अहिले कतार छोडीसकेको र नेपालमा पनि नरहेको हमाले जानकारी गराएकाछन  । निज फरारलाई खोजिकार्यपनि  भईरहेको उनले बताए ।

प्रेस बिज्ञप्ती
नवलपरासी मिति १३ सेप्टेम्बर २०२४ शुक्रबारको दिन बसेको नवलपरासी सेवा समाज कतारको सातौं मासिक बैठकको निर्णय अनुसार संस्थाको पूर्व सल्लाहकार तथा बर्दघाट नगरपालिका वडा नं. ४, बर्दघाट निवासी “भीम प्रसाद चापागाईं” कहिँ कहिँ “बिनय शर्मा” पनि भनेर चिनिने व्यक्तिले नवलपरासी सेवा समाज कतारको मातहतमा रहेको बचतकोषबाट ऋण लिएर करिब १८ महिना अगाडि देखि फरार भई सम्पर्क बिहिन भएको र संस्थाले त्यतीबेलादेखि हाल सम्म खोजि तलासी गर्दा कहि कतै नभेटिएको र निजको आफन्त ईष्टमित्र कोहि कसै संग समेत सम्पर्कमा नरहेको कुरा हाम्रो जानकारीमा आएको एबम निज ब्यक्ति यस संस्थाको कुनै पनि निकायमा बिगत लामो समयदेखि नरहेको र संस्थागत रुपमा कुनै सम्बन्ध तथा सम्पर्क पनि नभएको कुरा सम्पूर्ण महानुभावहरुलाई जानकारी गराउँदछौ ।
साथै देश तथा बिदेशमा रहनु हुने सबै जनालाई निज व्यक्ति देखि साबधान रहनु हुन यसै बिज्ञप्ती मार्फत हार्दिक अनुरोध गर्दछौं ।
नवलपरासी सेवा समाज कतार परिवार

 


प्रकाशित : २०८१ असोज ५ गते १:३८

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology