देविनगर वडाले वार्षिक समिक्षा तथा स्वीकृत याेजना सार्वजनिक गरेको छ।

भुवन सिंजाली
प्रकाशित : २०८१ भदौ २६ गते १०:४४

पूर्वखाेला गाउपालिका वडा नम्बर ४ देविनगर वडाले आर्थिक वर्ष २०८०/८१ काे समिक्षा र आर्थिक वर्ष २०८१/८२ काे याेजना सार्वजनिक गरेको हाे।
देविनगर वडाका अध्यक्ष मेहर सिं थापाले गत वर्षमा ३७ वटा याेजना रहेकोमा ३५ वटा याेजना सम्पन्न भएको र स्वास्थ्य चाैकि भवन खरिद १५ लाख र पुर्ण सरसफाइ कार्यक्रम ३ लाख गरि १८ लाख बजेट नआएकाे हुदा काम गर्न नसकेको र ९४ प्रतिशत याेजना सम्पन्न गरेको । यस आर्थिक वर्षमा वडा कार्यालय पुर्वखाेला गाउपालिका लुम्बिनी प्रदेश सरकार र केन्द्र सरकार गरि जम्मा ४४ वटा याेजनालाइ २ करोड ४३ लाख बजेट व्यवस्थापन भएको जानकारी गराउनु भयो ।

वडाका सचिव तेजि सरा थापाले जन्म दर्ता ६८ विवाह दर्ता ४१ बसाइँसराइ आएकाे २ घर गएको १० घर सम्बन्ध विच्छेद ५ मृत्युु दर्ता ३९ अन्य सरिफारिस १२३५ बाट जम्मा रु ९ लाख ८८ हजार ९ सय २० रुपिया राजस्व संकलन भएको १ हजार १ सय ७९ जनाले सेवा लिएको प्रतिवेदन प्रस्तुत गर्नु भयो ।

देविनगर स्वास्थ्य चाैकिका कार्यवाहक प्रमुख शान्ता वमरेलले सुत्केरी सेवा सुगार, प्रेसर, गर्भपतन, टिभि लगाएको ओपिडि सेवाबाट जम्मा २ हजार ३ सय ४५ जनाले सेवा लिएको प्रतिवेदन । वडाका सव इन्जिनियर घनश्याम ढाडाले याेजनाहरुकाे कार्यनयन प्रतिवेदन कृषि प्राविधिक अमृता भट्टराईले कृषि शाखाबाट कार्यनयन गरेकोमा प्रतिवेदन । पशु प्राविधिक कृण्ण रायमाझीले पशु शाखाबाट कार्यनयन गरेको प्रतिवेदन । पुर्वखाेला कृषि तथा पशु विकास परियोजनाले गरेका कामकाे बारेमा दिनेश नेपाली प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि पूर्वखाेला गाउपालिकाका अध्यक्ष नुन बहादुर थापाले जुनसुकै सरकारि तथा गैर सरकारि संघसंस्थाले गरेको कामकाे विवरण जान्न पाउनु सुचनाकाे हग हाे । देविनगर वडाले यश कार्यक्रमबाट वडाले कार्यनयन गरेका याेजना र संचालन हुने याेजना र अन्य सेवाहरुकाे बारेमा उपभोक्ता जनतालाई जानकारी गराउनु राम्रो हाे।पूर्वखाेला गाउपालिकाले सिमित स्राेत साधनबाट अथाहा जनताकाे अावश्यकतालाइ पूरा गर्न निकै गार्‍हो भइरहे पनि पूरा गर्ने तर्फ लागि रहेको र अहिले पालिकाकाे बेरुजुकाे बारेमा टीका टिप्पणी भइरहेको छ तर सत्यता के हाे भने गाउपालिकाकाे प्रशासनिक भवन र १५ सैयाकाे हस्पिटलमा ठेकेदारलाई दिएकाे भुक्तानी हाे त्याे ठेक्का भए अनुसार भए पनि माहालेखा परिक्षकले बेरुजु देखाएको हाे अरु कसैले खाए मासेकाे नभएको बताउनुभयो ।

देविनगर वडाका पुर्व अध्यक्ष रिम प्रसाद श्रेष्ठ , पूर्वखाेला सहकारी संघका अध्यक्ष यम बहादुर खत्री , मातृभूमि मा वि का प्र अ मेहरमान थापा माथिल्लो लेमधेम टाेल विकास संस्थाका अध्यक्ष इन्द्रबहादुर रानाले वडाले स्वीकृत गरेका याेजनाहरु सत प्रतिशत कार्यनयन गर्न सबै लाग्नुपर्ने र देविनगर वडाले गरेका दिएका काम सेवा धेरै राम्रो रहेको बताउनुभयो ।

गत वर्ष समयमै गुणस्तरीय निर्माण कार्य गरेको भन्दै बाेलिपाेखरा हतिया बस्ति ढलान उपभोक्ता समितिका अध्यक्ष शेर बहादुर जर्घालाइ नगद सहित सम्मान गरेको थियो ।

विभिन्न उपभोक्ता समिति विद्यालय सामाजिक संघसंस्था सराेकारवालाहरुकाे सहभागी रहेको कार्यक्रम वडा सचिव तेजि सरा थापाकाे संचालन र वडा अध्यक्ष मेहर सिं थापाकाे अध्यक्षतामा सम्पन्न भएको हाे।


प्रकाशित : २०८१ भदौ २६ गते १०:४४


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology