देविनगरले मनायो तिज

भुवन सिंजाली
प्रकाशित : २०८१ भदौ २४ गते १७:४३

महिला उत्थान गाउ समन्वय समितिकाे आयाेजना र पूर्वखाेला गाउँपालिकाको आर्थिक सहयोगमा देविनगरकाे मातृभूमि माद्यामिक विद्यालयकाे प्राङ्गारमा तिज मनाएको छ।

महिलाहरु भेला भइ समसामयिक विषयमा गित नाचबाट बेदना प्रस्तुत गर्ने , महिला अधिकार कर्तव्यकाे बारेमा जानकारी गराउने र महिलाहरुमा भएको प्रतिभा प्रस्तुत गर्ने उद्देश्यले आयाेजना गरेको कार्यक्रममा महिला उत्थान गाउसमन्वय समितिका उपाध्यक्ष धनी सरा डालाकाे स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा देविनगर वडा भित्रका १६ वटा महिला समुह सहभागी भइ नृत्य प्रस्तुत गरेका थिए।

कार्यक्रमका प्रमुख अतिथि पूर्वखाेला कार्यपालिका सदस्य रेवति घर्तीले २१औं शताब्दीमा पनि महिलाले पुरुष सरह अधिकार नपाएको सिमित घेराभित्र बस्नु परेकोले सामाजिक आर्थिक राजनीतिक राेजगारि क्षेत्रमा थाेरै मात्र महिला समावेश भएको महिला सहभागी सुनिश्चित हुनु पर्ने भन्दै समय सापेक्ष आफुलाइ पनि परिवर्तन गर्दै आफ्नाे रितिरिवाज कला संस्कृति भाषा भेषभुषा धर्मकाे संरक्षण प्रचारप्रसार गर्नु पर्नेमा महिला अगाडि बढ्नु पर्छ भन्नू भयो ।

कार्यक्रममा महिलाहरुले नाचबाट महिला वेदना पाेख्दै आफ्नाे अधिकारकाे सुनिश्चिता गर्नु पर्ने , जनसंख्याकाे आधारमा समावेशी हुनुपर्ने , कुरिति अन्धविश्वासलाई हताउनु पर्ने , हरेक क्षेत्रमा महिला अगाडि बढ्नु पर्ने , कला संस्कृति संरक्षण गर्नु पर्ने महिला अधिकार र कर्तव्यकाे बारेमा सचेतना गराएका थिए ।
कार्यक्रममा देविनगर हुमिन ताहु जल्पा झडेवा लगाएत ठाउबाट सहभागी रहेको थियो ।

कार्यक्रमका अतिथिहरु देविनगर वडा सदस्य लक्ष्मि वि क , भुवन सिंजालि , रविन कुमार श्रेष्ठ , मातृभूमि मा वि का प्र अ मेहरमान थापा देविनगर स्वास्थ्य चाैकिका प्रमुख अब्दुला कुजडा , देविनगर महिला कृषि सहकारी संस्थाका अध्यक्ष अम्बिका थापा , लक्कीमाया सिंजालिले तिजकाे बारेमा बाेल्दै शुभकामना दिनुभयाे।

महिला उत्थान गाउँ समन्वय समिति देविनगरका अध्यक्ष विष्णुमाया घर्तीले तिज लगाएत अन्य कार्यक्रमले गर्दा महिला दिदिबहिनीहरु एक आपसमा भेटघाट भइ आफुमा भएको ज्ञान सिप आदान प्रदान गर्न आफुमा भएको प्रतिभा देखाउन महिला अधिकार कर्तव्यकाे बारेमा जान्न बुझ्न , सामाजिक आर्थिक राजनीतिक र देशकाे विकासमा महिलाहरुकाे भुमिकाकाे बारेमा बुझ्न सकिने भन्दै तिज कार्यक्रममा सहभागी महिला समूह आर्थिक सहयोग गर्ने गाउपालिका अन्य सहयोगी सबैजनालाई धन्यवाद दिनुभयाे ।
कार्यक्रम महिला उत्थान गाउँ समन्वय समितिका सचिव चुनि सरा थापाकाे संचालनमा भएको हाे।


प्रकाशित : २०८१ भदौ २४ गते १७:४३


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology