शिक्षक विद्यार्थी र अभिभावक सम्मानित

भुवन सिंजाली
प्रकाशित : २०८१ साउन ३० गते ११:२७

मातृभूमि माध्यमिक  विद्यालय पूर्वखाेला गाउपालिका वडा नम्बर ४ देविनगरले शिक्षक र विद्यार्थीलाई सम्मान गरेको छ।

२०८० सालकाे कक्षा १२ काे परिक्षामा उत्तीर्ण हुने २६ जना विद्यार्थी , आफ्नाे विषयमा सत प्रतिशत उत्तीर्ण गराउनु हुने ५ शिक्षक र अभिभावकहरुलाइ एक कार्यक्रम गरि फुलमाला खादा सम्मानपत्रबाट सम्मान गरेको हाे।
१२ कक्षाकाे परिक्षामा यश विद्यालयबाट ३४ जना सहभागी मध्य २६ जना उत्तीर्ण र ८ जना माैका परिक्षा दिने पाउने भएका छन् ।

सम्मान कार्यक्रमका प्रमुख अतिथि देविनगर वडाका अध्यक्ष मेहर सिं थापाले सम्मानित विद्यार्थी शिक्षकलाई धन्यवाद दिनुहुदै जुनसुकै परिवर्तन पनि शिक्षाले गर्दा भएको हाे । शिक्षाले नै मानव जीवन याे स्थानसम्म आइपुगेकाे हाे। अहिले सम्मानित हुनुहुने विद्यार्थीहरुले अब क्यापस पढ्दै सरकारि जागिरकाे तयारी उद्योग व्यवसाय राेजगार क्षेत्रमा लाग्न सल्लाह सुझाव दिनुहुँदै अब देशमै टिक्ने र बिक्ने गरि लाग्न साथै समाज परिवर्तनमा युवाकाे महत्त्वपूर्ण भुमिका रहेको विचार व्यक्त गर्नु भयो ।

पूर्वखोला ३ रिङनेरह वडाका अध्यक्ष कृष्णप्रसाद भट्टराई , पूर्वखाेला शिक्षा शाखाका अध्यक्ष रिम प्रसाद श्रेष्ठ , विद्यालयका प्र अ मेहरमान थापा , शिक्षक अभिभावक संघका अध्यक्ष हुम बहादुर सिंजालि , सम्मानित शिक्षक रिता ढकाल , सम्मानित विद्यार्थी भावना रानाले शिक्षाकाे महत्त्वकाे बारेमा बाेल्नु भएको थियो ।

कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भाेज बहादुर मश्राङ्गिकाे अध्यक्षतामा सम्पन्न भएको थियो ।


प्रकाशित : २०८१ साउन ३० गते ११:२७


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology