पूर्वखोला २ जल्पा ढोलिमारामा रहेको वेनडांडा कबुलियती बन समूह ,कबुलियती बन तर्फको राष्ट्रिय प्रथम पुरस्कार प्राप्त गर्न सफल

माया राना
प्रकाशित : २०८१ साउन २५ गते २१:४३

पूर्वखोला २ जल्पा ढोलिमारामा रहेको वेनडांडा कबुलियती बन समूह ,कबुलियती बन तर्फको राष्ट्रिय प्रथम पुरस्कार प्राप्त गर्न सफल भएको छ। हौसला र उत्प्रेरणाको श्रोत डिभिजन बन कार्यलय पाल्पाको प्रत्यक्ष अनुगमन ,मूल्याकंन ,समुदायको श्रमको सम्मान गर्दै यो पुरस्कारबाट सम्मानित भएको समुहका अद्द्यक्ष चित्र वाहादुर कवरले जान्कारी दिनु भयो।

खास गरि ढोलिमारामा ३० हेक्टर क्षेत्रफलमा कबुलियती वनमा अम्लिसो खेती बिस्तार गरिएको छ । नेपाल सरकार बन तथा वातावरण मन्त्रालय ,भु संरक्षण विभागले हरेक बर्ष वनको संरक्षण ,पुनर्स्थापना र ब्यबस्थापनका माध्यमबाट कबुलियती समुहमा आबद्द सदस्यहरुको जिबिकोपार्जनमा सुधार ल्याउने र जैबिक विविधता,पर्यवरण ,बाताबरण सुधारमा योगदान कदर गर्दै हरेक बर्ष यो पुरस्कारको ब्यबस्था गरिने रहेछ। पुरस्कारमा नगद एक लाख र सम्मान पत्रले सम्मान गरिएको कार्यक्रममा सहभागी समुहका अद्द्यक्ष र कोषाध्यक्ष भुमि सरा कवरले जान्कारी दिनु भयो।

साथै यो सम्मानले पर्यवरण संरक्षण सहित पर्यपर्यटन बिकासमा अझै टेवा पुग्ने समुदायको आर्थिक सवलिकरणमा थप उर्जा मिल्ने, समुहको शिर्जनशिल काममा निरन्तर हातेमालो गर्ने ,प्राविधिक सहयोग पुर्यौने ,श्रमको सम्मान गरेकोमा डिभिजन बन कार्यलयलाई धन्यवाद समेत दिनु भयो।


प्रकाशित : २०८१ साउन २५ गते २१:४३


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology