जल्पाको भाङडाडा २४ घर बसाइँसराइ १ घरमा ७६ वार्षिय वृद्ध गोम ब राना मात्रै

माधब पाण्डे
प्रकाशित : २०८१ साउन २४ गते १४:०८

पूर्वखोला गाउँपालिका २ जल्पा भाङडाडा २५ घरधुरीमा १ घरमा ,गोम ब राना ७६बर्षिय वृद्धि वुबा बाहेक २४ घरधुरी विस्तापित हुदा गाउँ नै रित्तो भएको छ ।
पहिले २५ घरमा विभिन्न पुजाआजा रहनसहनमा बसोबास भएको गाउँमा रोजगार,शिक्षा ,स्वास्थको सुविधा खोज्दै शहर तिर बसाइँसराइ सरेर अन्यत्र गएको रानाले बताउनुभयो ।

१ छोरा ६ बहिनी सन्तान रहेका रानाको धर्मपत्नी १ बर्ष पहिले स्वर्गीय भएको बताएका रानाले पहिलेको ती समाज एक डिक्का बनेर बसे पनि पूर्वखोला गाउँपालिका ले बसाइँसराइ रोक्थाम गर्न नसक्नु नै पहिलो गुनासो रहेको बताए ।
गाउ रित्तो छ छोरा छोराछोरीले सगै बस्न भने पनि गाउँ प्यारो लागेर यहि बसेको बताए , चारैतिर रुख विरुवाले ढाकछोप गरेपनि पहिलेको दिन समझिदा ति दिन सारै याद आउने रानाले बताए भाङडाडा गाउँमा मगर बस्ति ५ घर चितौरे नेपाली बस्ति २० घरधुरी रहेको रानाले बताए । भाङडाडा एक उदाहरण मात्रै रहेको छ। पूर्वखोलाको विभिन्न ठाउँ मा बस्ती रितिदै गर्दा गाउँपालिकामा दिनानुदिन स्कुलमा बिद्यार्थी पनि नभएर स्कुलनै गुमाउनु पर्ने अबस्था सिर्जना पनि हुन सक्ने दामोदर अधिकारी बताउनु भयो ।

धेरै जसो नेपालको ग्रामीण भेग रित्तो हुने अबस्था दिनानुदिन युवा बिदेशीने बुद्ध बुवा आमा ,महिला र बालबालिका मात्रै रहने अबस्था आउन सक्ने ,यश विषयमा नेपाल सरकारले बेलैमासोच्नु पर्ने देखिन्छ।


प्रकाशित : २०८१ साउन २४ गते १४:०८

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology