फ्यामिली सपिङ्ग सेन्टरले लक्की ड्र का अफर ल्यायो ।

रमा भण्डारी रामपुर, पाल्पा
प्रकाशित : २०८१ असार २२ गते ९:०६

असार २१ रमा भण्डारी रामपुर पाल्पा

पाल्पाको व्यापारिक शहर रामपुर नगरपालिकाको केन्द्र बेझाँडमा सन्चालनमा रहेको फ्यामिली सपिङ्ग सेन्टरले ग्राहकहरुलाई मध्यनजर गर्दै अफर’ ल्याएको छ ।
बि स २०७४ सालमा जिल्लामा नै पहिलो सपिङ्ग सेन्टरका रुपमा सञ्चालित फ्यामिली सपिङ सेन्टरले ग्राहकहरुलाई मध्यनजर गर्दै विभिन्न अफर का कुपन ल्याएको हो ।
फ्यामिली सपिङ्ग सेन्टरका सञ्चालक समसुल हक मियाँले सपिङ सेन्टरको बारेमा जानकारी गराउदै ग्राहकले समय सापेक्ष रामपुरको बढ्दो शहरीकरण संगै आवश्यकतालाई मध्यनजर गर्दै सेवा बढाउदै लैजाने बताउनु भयो । । संचालक मियाले बैदेसिक रोजगारीमा लामो समय विताएको र विदेशमा खचिने समय आफ्नै देशमा खर्चिने हो भने देशमै विकास हुन्छ भन्दै सेन्टर संचालनमा ल्याएको बताउनु भयो ।
सपिङ्ग सेन्टरमा आउने ग्राहाकहरुलाई लक्ष्यित गरी असार २१ गतेदेखि असोज २० सम्म लक्की ड्र मार्फत पुरस्कार जित्न सकिने बताउनुभयो ।
सपिङ्ग सेन्टरले प्रतिहजार सामान खरिदमा एक वटा कुपन प्रदान गर्नेछ । लक्की ड्र बाट छनौट हुने विजेतालाई ७ केजिको वासिङ्ग मेसिन, दोस्रोले २१० लिटरको फ्रिज र तेस्रोले ३२ इन्चको टिभी प्राप्त गर्नेछ । सपिङ्ग सेन्टरले हाल ८ जनालाई प्रत्यक्ष रुपमा रोजगारी प्रदान गर्दै आएको छ ।


प्रकाशित : २०८१ असार २२ गते ९:०६


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology