कांग्रेस-एमाले समझदारीको प्रारम्भिक मस्यौदा यस्तो बन्दैछ।

कन्दरा सम्बाददाता
प्रकाशित : २०८१ असार १९ गते १४:२६

 

देशको बिषम राजनितीक परिस्थिती, सर्बत्रमा छाएको निरासा, खस्कदो मात्र होइन जर्जर अवस्थामा पुगेको अर्थतन्त्र, युवा पलायनता, रित्तिदै र खोक्रो बन्दै गइरहेको देशको अवस्थाको गंभीर समिक्षा गर्दै ब्यापक सुधार, परिणाममुखी परिवर्तन र राजनितीक अस्थिरताको अन्त्यका लागी अग्रसर हुने संकल्प गर्दै देशका दुई ऐतिहासिक ठुला राजनितीक दलहरु सहकार्य र प्रतिष्पर्धाको नितीका साथ देशलाई नेतृत्व गर्ने यात्रा तर्फ अगाडी बढ्दै।

कांग्रेस-एमाले समझदारीको प्रारम्भिक मस्यौदा यस्तो बन्दैछ।
ओली दुई वर्ष प्रधानमन्त्री, शेरबहादुर देउवा बाँकी अवधि चुनावसम्म प्रधानमन्त्री बन्ने । प्रदेश सरकारहरुमा ३/३ वटा सरकार बाँड्ने । मधेस प्रदेशमा चाहिँ मधेसकेन्द्रित दलकै नेतृत्व दिने ।
संविधान संशोधन गर्दै समानुपातिक प्रतिनिधित्वका आधारमा चुनिएर आउने सांसदलाई राष्ट्रिय सभा लैजाने, उपराष्ट्रपतिलाई सभाको अध्यक्ष बनाउने समझदारी ।
प्रतिनिधिसभा र राष्ट्यि सभा दुवैको सिटसंख्याबारे पनि पुनर्विचार गर्ने ।
पालिकाको संख्या ७५३ बाट घटाएर वडाको संख्या वृद्धि गर्ने ।
संविधान पुनरावलोकन गर्न पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठको नेतृत्वमा समिति बनाउने ।
प्रदेश सभामा समानुपातिक तर्फको प्रावधान हटाएर प्रत्यक्ष निर्वाचितमात्रै राख्ने ।


प्रकाशित : २०८१ असार १९ गते १४:२६


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology