बगनासकाली गाउँपालिका गाउँसभाको १६औं अधिवेशनको बैठक सम्पन्न भयको छ। अधिबेशनमा बगनासकाली गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि ५६ करोड ९९ लाख २ हजार रुपैयाँको बजेट प्रस्तुत गरेको छ ।
संघीय सरकारको ४२ करोड ६१ लाख ७ हजार, प्रदेश सरकारको २ करोड ३४ लाख ४९ हजार, आन्तरिक आय ९५ लाख र गत वर्षको बैंक मौज्दात ३ करोड ४५ लाखको बजेट पेस गरेको उपाध्यक्ष हरिप्रसाद पाठकले बताए ।
यसअघि गाउँपालिका अध्यक्ष सरस्वती चिदीले स्वास्थ्य, शिक्षा, पर्यटन र कृषिलाई प्राथमिकता दिएर नीति तथा कार्यक्रम पेस गरेकी थिइन् ।
प्रकाशित : २०८१ असार १३ गते ०:४४
Facebook Comment