रामपुर नगरपालिकाकाे १५औं नगरसभा सम्पन्न, नगरको लोगो सार्वजनिक

रमा भण्डारी रामपुर, पाल्पा
प्रकाशित : २०८१ असार ८ गते ९:१२

असार ७ रामपुर नगरपालिका पाल्पाको १५ औं अधिबेसनमा आगामी आर्थिक वर्षका लागि ७३ करोड ८५ लाख ४ हजारको अनुमानित बजेट सहित नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ ।
बिहिबार बसेको अधिबेसनको पहिलो बैठकमा नगरपालिकाका उपप्रमुख बालकुमारी थापाले प्रस्तुत गर्नुभएको आर्थिक वर्ष २०८१र०८२ को बार्षिक बजेट, आर्थिक विद्येयक र विनियोजन विद्येयक माथि छलफल भएको थियो ।
नगर उपप्रमुख थापाले आगामी आर्थिक वर्षको लागि चालु तर्फ ५६ करोड ३१ लाख ४४ हजार अर्थात् ७६।२५प्रतिशत र पूँजिगत तर्फ १७ करोड ५३ लाख ६० हजार अर्थात् २३।७५ प्रतिशत गरी कुल ७३ करोड ८५ लाख ४ हजार विनियोजन गरेको बताउनुभयो ।
प्रत्येक वडालाई समान ४२ लाखका दरले ४ करोड २० लाख रकम बिनियोजन भएको छ । नगर स्तरीय तर्फ आर्थिक विकासमा ३ करोड १५ लाख ५२ हजार, सामाजिक विकासमा ४० करोड २६ लाख ९३ हजार, पूर्वाधार विकासमा ११ करोड ८० लाख ६० हजार, सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रमा २ करोड ६१ लाख ९९ हजार र कार्यालय सञ्चालन तथा प्रशासनिक तर्फ १६ करोड विनियोजन छ ।
नगरका १० वटै वडाबाट एकरएक वटा मोटरबाटो नगर स्तरीय मर्मत शीर्षकबाट समेटेर ६० लाख बिनियोजन गरेको छ ।अन्य नगर स्तरीय योजनामा १ करोड ४५ लाख रकम बिनियोजन छ । शाखागत रुपमा सबैभन्दा बढी १ करोड २२ लाख शिक्षामा बजेट बिनियोजन गरेको नगर खेलकुद, मेयर छात्रबृत्ति र विद्यालय भौतिक पुर्वाधार निर्माण र मर्मत शीर्षकमा १ करोड ९७ लाख बिनियोजन गरेको छ ।
कालीगण्डकी करिडोरमा स्वागतद्धार निर्माण, रामसीताको मुर्ति निर्माण, विभिन्न शिर्षकमा २ करोड ४० लाख, उपप्रमुख कोसेलीघर सञ्चालन, उपप्रमुख ग्रामीण महिला उत्थान कार्यक्रम, महिला सिपमुलक तालिम बालमैत्री स्थानीय शासन, आपतालिन बालउद्धार कोषमा ४७ लाख, स्वास्थ्य शाखालाई २७ लाख, महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखालाई १५ लाख रुपँया बजेट बिनियोजन छ ।
रामपुर नगरपालिका प्रमुख रमण बहादुर थापाले नगर सभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभयो । थापाले निति कार्यक्रम प्रस्तुत गर्नुअघि अधिकांश विगतका कार्यक्रमलाई निरन्तरता दिएको बताउदै कृषि, उत्पादन र उद्यम बद्धिमा प्राथमिकता दिएको बताउनुभयो ।

रामपुर नगरपालिकाले बढीमा ३० लाखसम्मको युवा स्वरोजगार व्याज अनुदान, निरन्तरता पाएको छ । विद्यायन समितिका संयोजक मीन बहादुर सिंजालीले स्थानीय युवा परिषद् विद्येयक, प्रस्तुत गर्नु भएको, लेखा समितिका संयोजक तेज बहादुर राना, न्यायिक समिति संयोजक बालकुमारी थापा, अनुगमन तथा सुशासन समितिका संयोजक मोहन बहादुर रानाले पेश गर्नुभएको वार्षिक प्रतिवेदन पारित गरेको छ । नगर प्रमुख रमण बहादुर थापाको अध्यक्षतामा नमस्ते पाल्पा होटलको सभाहलमा भएको कार्यक्रम नगर प्रवक्ता कपिल बहादुर खाँणको स्वागत र प्रमुख प्रशासकिय अधिकृत सुर्य दर्शन पण्डितको सञ्चालनमा भएको हो ।
सभामा रामपुर नरपालिका ३ का वडा अध्यक्ष दामोदर पाठक, वडा नं। ५ का वडा अध्यक्ष दुर्गा प्रसाद पोखरेलले शुभकामना मन्तव्य व्यक्त गर्नुुभएको थियो । साथै सभाको शुन्य समयमा रामपुर ६ का वडा अध्यक्ष दिवाकर देवकोटा, ८ का वडा अध्यक्ष दिनेश आचार्य, १० का अध्यक्ष तोयानाथ सारु थापा लगाएतले आफ्नो सुझाव राख्नु भएको थियो ।सभामा रामपुर नगरपालिकाले नगरको भुगोल, मुख्य पर्यटकीय एवं ऐतिहासिक स्थललाई समेटेर तयार गरेको लोगो सार्वजनिक गरेको छ । सुझाबपछि लोगो केही संशोधन सहित संचालनमा आउने जनाईएको छ ।नगर सभाको अवसरमा नगरपालिकाका प्रशासन शाखा अधिकृत युवराज पन्थी, योजना शाखा प्रमुख विक्रम बस्नेत, वडा सचिव रजनी भण्डारी, वरिष्ठ प्रहरी हवल्दार तारा बहादुर सेन, सवारी चालक केशवराज रेग्मी , कार्यालय सहयोगी शारदा आचार्य, उत्कृष्ट करदाता चन्द्र सूर्य हार्डवयरका व्यवस्थापक दिपक आचार्य, पन्थे बरादी गैराटोल विकास संस्था रामपुर १ र पत्रकार इमान सिं राना नगद र सम्मान पत्र सहित सम्मान भएका छन् ।
सभामा प्रस्तुत भएको आर्थिक विद्येयक र विनियोजन विद्येयक माथि थप छलफलको लागि दोस्रो बैठक आगामी असार २० गते बस्ने गरी सभाको पहिलो बैठक सकिएको छ ।


प्रकाशित : २०८१ असार ८ गते ९:१२


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology