वडा स्तरिय समन्वय समुह गठन

कन्दरा सम्बाददाता , माया राना
प्रकाशित : २०८१ असार ७ गते २०:१३


पूर्वखोला गाउंपालिका वडा न २ जल्पामा , कृषी र पशु बिकास परीयोजना आन्तर्गत गठन भएका टोल स्तरका समुहहरुको छाता समुह , जल्पा समन्वय  समुह गठन गरीएको छ ।

३० जना सदस्य रहेको समुहको अध्यक्ष  अनुशा घर्ती, उपाध्यक्ष तृष्णा  बारघरे, सचिबमा दिलमाया कवर, स सचिबमा अनु गाहा, र कोषाध्यक्ष भुमी सरा सारु चुनीएका छन्। आर्थिक आया अर्जनको लागी पूर्वखोला गाउपालिका, हेफर प्रोजेक्ट र समाज उत्थान सहयोग केन्द्रको साझेदारी कार्यक्रम ले , भोकालाई एकछाक भोजन होइन , जिबन जिउने जुक्ती सिकाउं भन्ने नारा सहित जल्पा वडाको टोल टोलमा गठन भएका समुहले आधुनिक कृषी अन्तर्गत प्लस्टिक टनेल खेती , फलफुलका बिरुवा र पशु बिकास आन्तर्गत बाख्रा पालनको लागी प्रोत्साहन गरीरहेको छ।

यो सन्जाल गठन भएपछि नेट वर्क संजाल मार्फत समुहमा कामको सिकाई प्रगती अनुभब सातासात गर्दै काम गर्न सजिलो हुने कुरा जल्पा वडा अद्द्क्ष्य निर बाहादुर सारुले बताउनु भयो। गाउं कार्यपालिका सदस्य भिमि सरा आलेले समुह मार्फत काम गरेर ब्यक्तीलाई आर्थिक उपार्जन गर्न सजिलो हुने कुरा सुनाउनु भयो। जल्पा वडा अध्यक्षको  अध्यक्षतामा  र सामुदायिक परिचालक दिला आचार्यको सन्चालनमा कार्यक्रम सम्पन्न भएको हो ।


प्रकाशित : २०८१ असार ७ गते २०:१३


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology