नेपाली काङ्ग्रेसपाल्पाका सभापति श्रेष्ठले काङ्ग्रेस ले श्रमजिविकाे आवाज उठाउदै आएकाे जिकिर ।।

रमा भण्डारी रामपुर, पाल्पा
प्रकाशित : २०८१ जेठ ३१ गते ११:३८

नेपाली काँग्रेस पाल्पाका सभापति हिमालदत्त श्रेष्ठले कांग्रेसले सधै श्रमजीवीकै पक्षमा आवाज उठाउँदै आएको बताउनु भएको छ । श्रमिक वर्गको हक, हितको पक्षमा काँग्रेसले सदैव मुद्दा उठान गर्ने गरेको बताउनु भएको हो । नेपाल ट्रेड युनियन कांग्रेस जिल्ला कार्य समिति पाल्पाले “सबैका लागि सामाजिक न्याय र मर्यादित रोजगारी; भन्ने नारा सहित आयोजना गरेको १३५ औं अन्तर्राष्ट्रिय श्रमिक दिवस एवम सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै काँग्रेसले सरकारमा हुँदा होस् वा सदनमा सधै श्रमजीवीकै पक्षमा आवाज उठाउँदै आएको बताउनुभयो । २००३ सालमा कांग्रेसको नेतृत्वमा विराटनगरमा मजदुरको पहिलो ऐतिहासिक आन्दोलन गरेको उल्लेख गर्दै तत्कालीन सरकारले त्यो आन्दोलनलाई निर्ममतापूर्वक दबाउने नीति अख्तियार गरेर जननायक बीपी कोइरालालगायत धेरै नेताहरुलाई पक्राउ गरेको बताउनुभयो । उहाँले विसं २०१६ मा कांग्रेसको जननिर्वाचित सरकारले नै कारखाना र मजदुरसम्बन्धी कानुनको तर्जुमा गरेर, मजदुरलाई कानुनसम्मत अधिकार प्रदान गरेको समेत स्मरण गराउनुभयो । सरकारले अझै पनि मजदुरको हितमा काम नगरेको भन्दै स्वदेशमा रोजगारीको पर्याप्त अवसर नभएसम्म उर्जाशिल युवाहरु विदेश पलायन भइरहने सभापति श्रेष्ठले बताउनुभयो । संविधानले व्यवस्था गरेको समाजवाद उन्मुख अर्थतन्त्र निर्माण गर्न सम्बद्ध सबै पक्षबाट श्रमको सम्मान र मर्यादा हुनुपर्ने उल्लेख गर्दै सभापति श्रेष्ठले श्रमिक, मजदुरका अधिकार सुनिश्चित हुनुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा नेपाल ट्रेड युनियन काँग्रेसका केन्द्रीय सदस्य लक्ष्मण रायमाझीले श्रमिकहरुको पक्षमा ट्रेड युनियनले सशक्त रुपमा काम गर्दै आएको बताउनुभयो । नेपाल प्रेस युनियनका केन्द्रीय उपाध्यक्ष माधव अर्यालले श्रमिकहरुको अवस्थाका बारेमा अध्ययन गर्न जरुरी रहेको बताउनुभयो । कार्यक्रममा नेपाल ट्रेड युनियन काँग्रेस लुम्बिनी प्रदेशकी सह–सचिव नन्द ज्ञवाली, शिक्षक संघका केन्द्रीय उपाध्यक्ष दीपक ज्ञवाली, ट्रेड युनियन पाल्पाका सल्लाहकार चित्रवलीराम सुवाल, त्रिभुवन बहुमुखी क्याम्पस पाल्पाका स्ववियु सभापति कृष्ण अर्याल, नेपाल व्यूटिसियन संघ पाल्पाकी अध्यक्ष वविता विष्ट लगायतले आफ्नो भनाई राख्नु भएको थियो । ट्रेड युनियनले दिवसको अवसरमा ५ जना श्रमिक वर्गहरुलाई सम्मान गरेको छ । यस्तै सोही अवसरमा नाई संघ पाल्पाका पूर्व अध्यक्ष क्यान्सर पीडित अब्दुल रजाकलाई युनियन केन्द्रमार्फत प्राप्त भएको २५ हजार रकम सहयोग समेत गरिएको युनियन पाल्पाका अध्यक्ष निलकण्ठ देवकोटाले जानकारी दिनुभयो । युनियनका अध्यक्ष निलकण्ठ देवकोटाको अध्यक्षतामा भएको कार्यक्रम उपाध्यक्ष मनीराज अधिकारीको स्वागत र सचिव लोकनाथ अधिकारीको सञ्चालनमा कार्यक्रम भएको थियो ।


प्रकाशित : २०८१ जेठ ३१ गते ११:३८


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology