बिद्यालय शिक्षकहरु बिच परिचायात्मक तथा अनुभव आद्वान प्रद्वान कार्यक्रम सम्पन्न

सिमा श्रेष्ठ
प्रकाशित : २०८१ वैशाख २८ गते २२:३३

(सिमा श्रेष्ठ बिरकोट पाल्पा)

पूर्वखोला गाउँ पालिका ५ बिरकोटको वडा शिक्षा समिति द्वारा आयोजना गरेको यश कार्यक्रमका मुख्य पाहुना पूर्वखोला गाउँ पालिकाका अध्यक्ष नुन बहादुर थापाले अरुले भनेर अरुले गर्न पठाएर होईन आफू ,आफ्नो परिवार ,समाज,लाई ब्यावहारिक रुपमा अगाडि बढाउनु पर्छ। समय अनुसार शिक्षण गर्दा शिक्षकले पुर्ब योजनाका साथ शिक्षण गरे मात्र गुणस्तर बृद्वि हुने कुरा राख्नु भयो । यस वडाले गरेको यो कार्यक्रम धेरै राम्रो भएकोले यसलाई निरन्तरता दिने कुरामा जोड दिनु भयो । बिशिस्ट पाहुना शाक्षा समितिका संयोजक लोकहरी देबकोटाले सबै शिक्षाको पनि शिक्षा नै शिक्षक भएकोले अाफुले गर्ने उन्नति प्रगतिको बाधक आफै भएकोले यी बाधक आफैले हटाउनु पर्छ भन्नू भयो । शिक्षामा परिवर्तन गर्ने हो भने शिक्षकले कक्षा कोठा ,बसाई ब्याबस्थापन, शैक्षिक सामग्री ,शिक्षण शैली नै परिवर्तन गर्नु पर्छ भन्नू भयो ।यसै अबसरमा पूर्बखोला गाउँ पालिका ५ बिरकोटका वडा अध्यक्ष बिष्णु कुमार पल्लीले शिक्षामा गुणस्तरीय बृद्वि गर्ने उदेश्यले बिद्यालय उत्कृष्ट शिक्षकलाई पुरिस्कृत गर्ने गरि बिरकोटमा रहेका आठवटा बिद्यालयलाई अक्षयकोष स्थापना गर्नु भयो ।
रु ७ हजारको दरमा ५ वटा बिद्यालय हरु किसान प्राथमिक बिद्यालय थुम्मास , मनकामना प्राथमिक बिद्यालय मोचाबारी, सहिद लखन थापा प्राथमिक बिद्यालय स्याफत,कालिका प्राथमिक बिद्यालय पोखरी छाप , मन्डली प्राथमिक बिद्यालय शिखर डाडालाई बोई मोई आर्मितमा नामको अक्षयकोष र दुईवटा आधारभुत बिद्यालय हरुलाई रु १० हजारको दरमा जनकल्याण आधारभूत बिद्यालय आफर डाडा र खाद देबी आधारभुट बिद्यालय कर्ने डांडालाई बाजि बज्या आर्मितमा नामको अक्षयकोष स्थापना गर्नुभयो ।
गुणस्तरीय शिक्षा र शिक्षामा उपलब्धि बृद्वि गर्ने उदेश्य राखेर वडा अध्यक्ष ले बाल कक्षा देखि ३ कक्षा सम्म क्यास लागू गर्ने ,एउटै लेखकको बिषय पठन पाठन गर्ने , स्थानीय बिदा पनि एक रुपता ल्याउनेगरी बिदा गर्ने , वडा स्तरीय नेपालीमा हस्त लेखन ,अग्रेजीमा हिज्जे प्रतियोगिता कार्यक्रम गर्ने ।अग्रेजी माध्यम बाट पठन पाठनमा सहज होस भनी शिक्षकहरुलाई तालिम दिने कुरा राख्नुभयो ।
कार्यक्रममा कार्यपालिका सदस्य चन्द्र सिं बर्मेली , बडा सदस्य शिव कुमार श्रेष्ठ , याम बहादुर सारु ,पार्बती हिताङ्ग,याम प्रसाद श्रेष्ठ ले शुभ कामना राख्नु भयो ।
वडाका ८५ जना शिक्षकहरु रहेको कार्यक्रमको संचालन गणपति माध्यमिक बिद्यालयका प्रधानाध्यापक प्रेम बहादुर बारघरेबाट र स्वागत सह प्रधानाध्यापक तिर्थ बहादुर सारुको मनतब्यबाट शुरु भएको कार्यक्रमको अध्यक्षतामा वडा अध्यक्ष बिष्णु कुमार पल्लीले गर्नु भएको हो।


प्रकाशित : २०८१ वैशाख २८ गते २२:३३


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology