रामपुर नगरपालिकाको दोस्रो चौमासिक प्रगति समिक्षा सहित सार्बजनिक सुनुवाइ कार्यक्रम सम्पन्न ।।

रमा भण्डारी रामपुर, पाल्पा
प्रकाशित : २०८२ वैशाख १६ गते ११:०६

बैशाख १५ गते, रमा भण्डारी रामपुर पाल्पा
रामपुर नगरपालिकाको आर्थिक बर्ष २०८१ र ०८२को दोस्रो चौमासिक प्रगति समिक्षा सहित सार्बजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गरेको छ । रामपुर नगरपालिकाका नगरप्रमुख रमण बहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण सिताकुन्ड मिडिया प्रालिले गरेको हो । कार्यक्रममा प्रगति प्रतिबेदन प्रस्तुत गर्दै रामपुर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत सुर्यदर्शन पण्डितले आर्थिक बर्ष २०८१ र ०८२ मा अनुमानित बजेट ७४ करोड ११ लाख ४ हजार रहेकोमा हाल्सम्म संघीय सरकार प्रदेश सरकार राजस्व बाँडफाँड र आन्तरिक श्रोतबाट जम्मा ४६ करोड ९३ लाख ६० हजार सात सय अड्तिस रुपैयाँ सात पैसा आम्दानी भएको र हालसम्मको चालु तथा पुँजिगत खर्च ३७ करोड २२ लाख ८२ हजार ६ सय ९ रुपैयाँ बयासी पैसा रहेको जानकारी दिनुभयो । त्यसैगरी ३ सय ८० योजना रहेकोमा हालसम्म ३८० योजनानै सम्झौता भई कार्यान्वयनमा गयको, २ सय ३५ योजना सम्पन्न भएको र १ सय ४५ योजना संचालनमा रहेको बताउनुभयो । युबा स्वरोजगार कार्यक्रम अन्तर्गत ४४ जना युवा उद्यमिहरुलाइ ब्याज अनुदानमा सहभागी गराइएको, कृषि उत्पादनलाई प्रबर्द्धन गर्न शीत भणडार संचालन मार्फत २सय ३ मेतृक टन आलु भणडारण गरिएको लगायतका प्रगति प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा ११ जना सहभागीहरुले कालीगण्डकी डाइभर्सन, सबै वडामा समान बजेट वितरण नगरिएको, कृषि शाखाले वितरण गरेको बिउबिजन गुणस्तरीय नभएको, अनुगमन प्रभावकारी नभएको, कतिपय योजनाहरुको गुणस्तरीय काम नभएको लगायतका प्रस्न गरेका थिए । सहभागीले नगरपालिकाबाट हुने विभिन्न ठाउँको भ्रमणको उपलब्धिको बारेमा जानकारी गराउन माग समेत गरेका हुन् । कार्यक्रममा नगरप्रमुख रमण बहादुर थापाले सहभागीहरुले राखेको जिज्ञासाको जवाफ दिँदै सबै वडाहरुलाइ प्राथमिकता दिएर काम गरिएको बताउनुभयो । अन्तरिक श्रोतको कमिले गर्दा विद्यार्थीहरुको दिवा खाजामा रकम बढाउन नसकिएको,रामपुर,नगरपालिकाका सबै घरजग्गा अभिलेखिकरण गर्ने विषयमा काम गर्ने बताउनुभयो । त्यसैगरी प्रदेशका योजनाहरुमा समस्या आएको बताउनुभयो । नगरप्रमुख थापाले नगरपालिका कालीगण्डकी डाइभर्सनको विपक्षमा रहेको बताउनुभयो । कार्यक्रममा सहभागीहरुले राखेका फोहोरलाइ मोहोरमा लैजाने मेसिन चार पाँच वर्ष देखि थन्किएको प्रयोग किन भएन भन्ने पश्नमा नगरप्रमख काम गर्नै नसकेको मेसिन विग्रिएको बनाउन नसकेको जवाफ दिनु भयो । प्रस्नको जवाफ विषयगत शाखा प्रमुखहरुले दिनुभएको थियो । रामपुर नगरपालिकाको प्राङ्गणमा भएको कार्यक्रममा स्वागत उपप्रमुख बालकुमारी थापा र संचालन सिताकुन्ड मिडिया प्रालिका अध्यक्ष दुर्गेस मल्लले गर्नुभएको हो । कार्यक्रममा धन्यवाद वडा नम्बर १ का वडाअध्यक्ष कपिलबहादुर खाँडले राख्नुभएको हो । कार्यक्रममा जनप्रतिनिधि,राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि,कर्मचारी ,पत्रकार ,सर्बसाधारण लगायतको सहभागिता रहेको बताउनुभयो ।

 


प्रकाशित : २०८२ वैशाख १६ गते ११:०६


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology