रामपुर साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको साधारण सभा सम्पन्न

Kandara News
प्रकाशित : २०८२ वैशाख १३ गते १०:१८

बैसाख १२ रमा भण्डारी रामपुर पालपा

रामपुर साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले आठौँ वार्षिक साधारण सभा तथा तेस्रो अधिवेशन कार्यक्रम भएको छ ।
रामपुर साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष लुम्बीनी प्रदेश सभा सदस्य, एवम् अर्थ उद्योग तथा पर्यटन समितिका सभापति राजु प्रसाद श्रेष्ठको अध्यक्षतामा आयोजित साधारण सभा तथा अधिवेशन कार्यक्रममा लुम्वीनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा बोल्दै मुख्यमन्त्री आचार्यले लुम्विनी प्रदेशका १२ जिल्ला मध्ये यो उपत्यका जस्तो मिलेको अरु नभएको बताउदै यस क्षेत्रको विकासको लागि आफुले सहयोग गर्ने बताउनु भयो । खानेपानीको कार्यसमिति चयन गर्दै गर्दा अघिल्ला कार्ययोजनाको समष्टिगत समिक्षासहित सबल सक्षम कृयाशिल नेतृत्व चयन गर्न जरुरी रहेको बताउनुभयो ।
कुनै पनि संस्थामा जुगाँको लडाई नलडि सक्षम नेतृत्व संस्थामा आवश्यकरहेको बताउनुभयो । साथै उहाँले कुनै पनि संघस्थाबाट आम नागरीकलाई प्रदान गरिने सेवाप्रभावमा राजनिति गन्ध आयन नहुने बताउनुभयो । रामपुर क्षेत्र धार्मिक दृष्टिकोटले प्रबल सम्भावना यस क्षेत्रको भविष्य उज्वल रहेको बताउनुभयो ।
लुम्वीनी प्रदेशका पुर्व स्वास्थ्यमन्त्री भोजप्रसाद श्रेष्ठ्रले खानेपानी संस्था वर्तमान अवस्थामा कार्यसमितिले कुशल पारर्दशी काम गर्दै आएको प्रशंसा गर्दै कुशल नेतृत्व चयनका लागि शुभकामना व्यक्त गर्नुभयो ।
कार्यक्रममा लुम्बीनी प्रदेश सरकारका मुख्य सचिव बाबुराम अधिकारीले नेपाल सरकारको सचिव भएको कारणले खानेपानी संस्थामा प्रशासनिक संयन्त्रमा योगदान सहजीकरणमा आवश्यक समन्वयका लागि प्रतिबद्ध रहने बताउनुभयो ।
रामपुर नगरपालिकाका मेयर रमण बहादुर थापाले विश्वमा एकमात्र शालिग्राम पाईने कालीगण्डकी नदि संस्कार र सभ्यताको आधार भएकोले यसको ड्राईभर्सन कार्य स्वीकार्य नहुने बताउदै यसले आन्तरीक सिँचाई प्रणालीमा बाधा पुग्ने बताउनुभयो ।कालिगण्डकी डाइर्भसन ले भोलि कालिगण्डकी बेसि क्षेत्र मरुभुमि हने भन्दै यसक्षेत्रका जनता डाइर्भसनको विरुद्धमा लागेको बताउनु भयो । यस क्षेत्रको जनताको मुख मारेर पानि लैजान खोज्नु भनेको हाम्रो धामिक पहिचान संस्कृति र सभ्यतामा नै आच पुयाउनु हो भन्दै अव सबे जनता डाइर्भसनको विरुदमा लाग्ने बताउनु भयो ।

आयोजित कार्यक्रममा संस्थाका अध्यक्ष राजुप्रसाद श्रेष्ठले बार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । संस्थाका कोषध्यक्ष विष्णुमाया ढकालले ६ करोड ६३ लाख ७६ हजार ९ सय १९ बराबरको आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभयो ।
रामपुर खानेपानी तथा सरसफाई संस्थामा आबद्ध उपभोक्ताको उल्लेख्य उपस्थिति रहेको कार्यक्रममा पाल्पा प्रमुख जिल्ला अधिकारी तोयानारायण सुवेदी,पुर्व प्रदेश सभा सदस्य युवराज खनाल,नेपाली काँग्रेसका रामपुर नगर सभापति नेत्रप्रसाद भट्टराई,नेकपा माओवादी नगरउपाध्यक्ष लक्षमी ढकाल,राष्ट्रिय स्वतन्त्र पार्टीका प्रतिनिधि टेकहादुर क्षेत्री, राष्ट्रिय जनमोर्चा पार्टी रामपुर अध्यक्ष रामप्रसाद गैरे, नेकपा एकिकृत समाजवादी फण्डेश्वर गौतम, राप्रपाका नगरअध्यक्ष राजेन्द्र प्रसाद ढकाल लगायतले कार्यक्रममा शुभकामना मन्तब्य राख्नुभएको थियो ।
कार्यक्रममा संस्थाका उपाध्यक्ष हुजिल दिन मियाँको स्वागत मनत्ब्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन संस्थाका सचिव शालिग्राम सिग्देलले सञ्चालन गर्नुभएको थियो ।कार्यक्रम होटल श्रीनगरको सभा हलमा भएको हो ।

 

 

 

 

 

 

 

 

 


प्रकाशित : २०८२ वैशाख १३ गते १०:१८


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology