सुनादेवि युवा क्लब तथा जुनतारा बाल क्लब पूर्वखोला गाउपालिका वडा नम्बर ४ देविनगर तल्लो लेमधेमले २५ औं वार्षिकोत्सब कार्यक्रम विभिन्न कार्यक्रम गरि सम्पन्न गरेको छ।
बैशाख ३ गते देखि ७ गतेसम्म ५ दिनसम्म पुरुष तथा महिला भलिबल प्रतियोगिता , छात्रवृत्ति वितरण , पुरुस्कार वितरण , कक्षा १२मा उत्कृष्ट अंक ल्याउनेलाइ सम्मान , कार्यक्रमकाे लागि सहयोग गर्ने सहयोगी दातालाइ सम्मान र राष्ट्रिय लाेकदाेहाेरि कलाकारबाट विभित सास्कृतिक कार्यक्रम गरेको थियो ।
५ गते राष्ट्रिय लाेकदाेहाेरि गायक चिज गुरुङ, बसन्ति मश्राङ्गि , रुद्र चिढि र क्लबका सदस्यहरुबाट सास्कृतिक कार्यक्रम प्रस्तुत गरेको थियो । सास्कृतिक कार्यक्रम पुर्वखाेला गाउपालिका , माथागढि गाउपालिका , रम्भा गाउपालिका लगाएत अन्य ठाउहरुबाट ५ हजार दर्शकहरुकाे उपस्थिति रहेको थियो ।
कार्यक्रमका प्रमुख अतिथि पुर्वखाेला गाउपालिकाका अध्यक्ष नुन बहादुर थापाले भलिबल प्रतियोगिताले खेलाडीहरुमा अाफ्नाे खेल प्रदर्शन गर्न एक अापसमा मित्रताकाे भावन बलियो बनाउनुका साथै शारीरिक मानसिक रुपमा तन्दुरुस्त राख्न ठुलो सहयोग पुग्ने , कला संस्कृति हाम्रो पहिचान भएको हुदा संरक्षण गर्न र कलाकारलाई टिकाइ राख्न यस्तो कार्यक्रम गरिरहनु पर्नेमा जाेड दिनुहुँदै गाउपालिकाले युवाहरुलाइ यहि बस्ने र राेजगार व्यवसायीक बनाउन विभिन्न सीप मुलक तालिम , कृषि तथा पशु उत्पादनमा अार्थिक सहयोग गर्नुका साथै सहकारी संग मिलेर बजार व्यवस्थापन गरिरहेको बताउदै बालबालिकालाई क्षमता विकास तालिम , छात्रवृत्ति वितरण , बाल क्लव स्थापना र व्यवस्थापन लगाएको क्षेत्र काम गरिरहेकाे र अाउने वर्ष पुर्वखाेला गाउपालिकालाइ स्थानीय बाल मैत्री शासन बनाउने गरि अगाडि बढिरहेको बताउनुभयो ।
पुर्वखाेला गाउपालिकाका प्रवक्ता तथा देविनगर वडाका अध्यक्ष मेहर सिं थापाले लेमधेमलाई मकै बीउ उत्पादन क्षेत्र , एक घर एक धारा खानेपानीकाे काम अन्तिम चरणमा रहेको , लिचि तथा अनार फलफूल विस्तारकाे लागि कार्यक्रम अगाडि बढाएको , मकै बीउ भण्डारण गर्न भवन निर्माण , खल्लुक खाेलाकाे पानी साेलार व्यानलबाट लिफ गरि ठुलो मात्रमा सिचाइ गर्न र देविनगर माडी जाेड्ने गरि तिनाउ करिडोरकाे रुपमा माेटरबाटाे निर्माण गर्न संघीय सरकारसंग बजेट माग गरिएको जानकारी गराउनु भयो ।
पुरुष तर्फ २२ टिम सहभागी रहेको भलिबल प्रतियोगितामा रम्भा गाउपालिकाकाे बाेराेङ्से पहिलो , अायाेजक देविनगर लेमधेम दाेस्राे र रम्भाकै बाकुम तेस्रो भए विजय खेलाडीलाई क्रमश नगद रु ४०,०००/ २५,०००/ १५,०००/ मेडल प्रमाणपत्र र महिला तर्फ ११ टिम सहभागी रहेकोमा रामपुर नगरपालिकाकाे अर्भलसिङ पहिलो पुर्वखाेलाकाे देविनगर दाेस्राे र अायाेजक तेस्रो भए । विजय खेलाडीलाई नगद रु ७,०००/ ५,०००/ ३,०००/ मेडल प्रमाणपत्र पुरुस्कार प्रदान गरेको थियो ।
जुनतारा बाल क्लबका सदस्यले २०८० सालकाे कक्ष १२ काे परिक्षामा उत्कृष्ट अंक ल्याइ उतिर्ण भएकोमा जानकि बारघरे र धनि कवरलाइ सम्मान पत्र र खादाबाट सम्मान , आर्थिक सहयोग गर्ने सहयोगी दाता ३५ जनालाई सम्मान पत्र र खादाबाट सम्मान , कलाकार र अन्य सहयोग गर्नेलाई मायाको चिनाे जेहेन्दार र गरिब १५ जना बालबालिकालाई कापि कलम वितरण गरेको थियो ।
क्लबले कार्यक्रममा भएको सम्पुर्ण आम्दानि खर्च विवरण केही दिन पछि सार्वजनिक गर्ने बताएको छ।
कार्यक्रम जुनतारा बाल क्लबका अध्यक्ष टिकुमाया बारघरेकाे अध्यक्षतामा सम्पन्न भएको थियो ।

प्रकाशित : २०८२ वैशाख ९ गते १:०२
Facebook Comment