बन महासघ रामपुर नगर को आयोजना जलबायु परिवर्तन सम्वन्धी कार्यक्रम आज बाट शुरु।।
Kandara News प्रकाशित : २०८२ वैशाख ८ गते १७:५४
बैशाख ८ रमा भण्डारी रामपुर पाल्पा
बन महासघ रामपुर नगर को आयोजना तथा जिल्ला बनमहासघ पाल्पाको समन्वय तथा गण्डकी जलाधार जलबायु उत्थानशिल आयोजनाको आथिक सहयोगमा र राम्चे सामुदायक बनको व्यावस्थापनमा जलबायु उत्थानशिल समुदाय र परिस्थितिकिय प्रणालि स्थापनाको लागि कृषक पाठशाला कार्यक्रम आज बाट रामपुरमा शुरु भएको छ । २० दिन सम्म संचालन हुने कृषक पाठशाला सहितको कार्यक्रममा बनबाट उपभोक्तालाइ कसरी समृद्ध कसरी बनाउने,उपभोक्तालाइ डढेलो रोकथाम का बारेमा जानकारी गराउने बन समुहलाइ सचेतनाका कार्यक्रम सगैबनले बाताबरणमा पारेको प्रभाव असर र जलबायु परिवर्तनलाइ कसरी नियन्त्रण गर्ने जस्ता विषयमा ज्ञान सिप सिकाउने महासघले जनाएको छ ।राम्चे सामुदायिक बनको सभा हलमा संचालन हुने कृषक पाठशालामा २० जना उपभाक्ता सदस्य हरुको सहभागिता रहको थियो। राम्चे सामुदायिक बन उपभोक्ता समितिका अध्यक्ष विष्णु प्रसाद बस्यालको अध्यक्षतामा भएको कार्यक्रमका मुख्यपाहुना सामुदायिक बन महासघ पाल्पा जिल्ला अध्यक्ष कृष्ण प्रसाद श्रेष्ठ रहनु भयो ।वहाले जलबायु परिवर्तन विश्वकै समस्याकोरुपमा रहेको बताउदै बनका फाइदा र बेफाइदाका बारेमा प्रष्ट पार्नूृ भयो । कार्यक्रममा रामपुर नगरपालिका वडा नम्वर ५ कावडा अध्यक्ष दुर्गा प्रसाद पोखरेलले मानवको विभिन्न क्रियाकलापले पनि जलबायु परिवर्तन भएको भन्दै जलबायु परिवर्तन विश्वकै समस्याको रुपमा रहेको बताउनु भयो । रामपुर सव डिभिजन बन कार्यलयका प्रमुख मेघनाथ काफ्ले ले बनलेकार्वनडाइअक्साइड लिने र अक्सिजन दिने भएकाले बनको महत्व रहेको बताउदै मानविय कारण औधोगिक कारण पनि जलबायु परिवर्तन भएको बताउनु भयो । वहाले अव विद्यालयहरुमा पनि जलबायुपरिवर्तनका कुरा गर्नेआवश्यक रहेकोबताउनु भयो । कृषक पाठशाला सगै सामुदायिक बन र जलबायु परिवर्तनका विषयमा सामुदायिक बन महासघ पाल्पा जिल्ला अध्यक्ष कृष्ण प्रसाद श्रेष्ठ र सामुदायिक बन उपभोक्ता महासघ रामपुर नगर अध्यक्ष विन्दु श्रेष्ठले सहजिकरण गर्नु हने छ । कार्यक्रममा कार्यक्रम उपसमिति सचिव जित बहादुर थापाको स्वागतबाट शूरु भएको कार्यक्रमको संचालन बन उपभोक्ता महासघ नगर अध्यक्षविन्दु श्रेष्ठले गर्नु भयो । कार्यक्रमको उद्घाटन सत्र राम्चे सामुदायिक बनको सभाहलमा भएको हो ।
Facebook Comment