नेकपा एकीकृत समाजबादि को नौ जिल्ला अधिबेसन सम्पन्न ।।

रमा भण्डारी रामपुर, पाल्पा
प्रकाशित : २०८२ वैशाख ७ गते १०:२४

बैशाख ६ रमा भण्डारी रामपुर पाल्पा

नेकपा एकीकृत समाजबादि को नौ जिल्ला अधिबेसन सम्पन्न भएको छ । नेकपा एकीकृत समाजबादि का जिल्ला कमिटि अध्यक्ष अशोक कुमार शाहिको अध्यक्षतामा भएको अधिबेसनको मुख्य पाहुना नेकपा एकीकृत समाजबादिका केन्द्रीय कमिटि उपमहासचिव मेटमणि चौधरी रहनु भएको हो वहाले पाल्पा कम्युनिस्ट हरुको उर्भर भुमि हो भन्दैकम्युनिष्ठ आन्दोलन जोगाउन हामी विद्रोह गरेको भन्दै हामी समाजबादको बाटोमा अघि बढेको हो भन्नू भयो ।वहाले अब २० ८४ मा एमाले पत्तासवफ हने भन्दै नेकपा एकीकृत समाजबादि पहिलो पाटि बन्छ भन्नू भयो ।कम्युनिष्ट जोगाउन हामी लागेको बताउनु भयो । कार्यक्रममा केन्द्रीय सचिव शोम प्रसाद पाण्डे ले समसामयिक राजनितिका बारेमा बोल्दै पाटिलाई अघि बढाउन नेता कार्यकर्ता मिलेर अघि बढ्नु पर्ने बताउनु भयो ।कार्यक्रममा केन्द्रीय सदस्य यादव बहादुर रायमाझि राजेन्द्र लक्ष्मि गैह्रे ,अनुशासन आयोग केन्द्रीय सदस्य कृष्ण कार्कि ,केन्द्रीय सल्लाहकार परिषद सदस्य लेखनाथ पोखरेल,पद्धम अर्याल ,अनेम सघ जिल्ला अध्यक्ष नारायणि खनाल,समाजबादि प्रेस सगठन केन्द्रीय सदस्य रमा भण्डारी ,युवासघ जिल्ला अध्यक्ष आशिष् श्रेष्ठ लगायतले बोल्नु भयो ।
जिल्ला उपाध्यक्ष मोहोनलाल गैह्रेको स्वागत बाट शुरु भएको कार्यक्रमको सन्चालन सचिव जगन्नाथ नेपालले गर्नु भयो ।कार्यक्रम त्रिभुवन बहुमुखि क्याम्पस को सभाहलमा भएको थियो । आज भएको अधिबेसनलेृ नेकपा एकीकृ समाजबादि जिल्तला कमिटि पनि चयन भएको छ । अशोक कुमार शाहि अध्यक्ष रहेको जिल्ल कमिटि चयन भएको हो जसको उपाध्यक्ष मोहोनलाल गैह्रे ,विनिति लुइटेल ,सचिव जगन्नाथ नेपाल ,उपसचिवमा टोप बहादुर जर्घा ,महेश बराल र पदम गैह्रेलाइ सर्वसहमत चयन गरेको छ । अन्य सदस्यमा चयन हुनु भएको छ ।
आजै भएको अखिल नेपाल समाजबादि महिला सघ को सम्मेलनले नारायणि खनाल अध्यक्ष रहेको ३५ सदस्यीय अखिल नेपाल समाजबादि महिला सघ जिल्ला कमिटि पाल्पा सर्वसहमतमा चयन भएको छ ।


प्रकाशित : २०८२ वैशाख ७ गते १०:२४

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology