प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा प्रविधि समितिको उपसमितिमा विद्यालय शिक्षा विधेयकमाथि दफावार छलफल जारी छ । समितिमा छलफलको क्रममा रहेको विद्यालय शिक्षा विधेयकमा उपसमितिले आज पनि छलफल जारी राखेको हो।
शिक्षकहरू सडकमा आन्दोलन गरिरहेको बेला उपसमितिले विधेयकमाथिको छलफललाई तीव्रता दिएको हो। 
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराई, उपसमिति संयोजक छविलाल विश्वकर्मासहित उपसमिति सदस्यहरू मन्त्रालयको टोली छलफल जुटिरहेका हुन्।
१६३ दफा रहेको विधेयकमा हिजोसम्म ५० भन्दा बढी दफामा सहमति जुटेको छ । 
प्रकाशित : २०८१ चैत २९ गते १६:३४
Facebook Comment