पहिरोले कार पुर्यो, तानसेन बुटवल सिद्धार्थ राजमार्ग अवरुद्ध
Kandara News प्रकाशित : २०८१ चैत २९ गते ११:१४
तानसेन बुटवल सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको तिनाउ–३ दोभान सिद्धबाबा क्षेत्रमा खसेको पहिरोले सडक अवरुद्ध भएको छ।
बिहान ४ बजेतिर खसेको पहिरोले एक कारसमेत पुरिएको प्रहरीले जनाएको छ।
कार माथिल्लो भागबाट खसेको पहिरोमा पुरिएको हो। बुटवलबाट पाल्पा भैरवस्थान आउँदै गरेको कारका चालक र यात्रु भने सामान्य अवस्थामा रहेको प्रहरीले जनाएको छ।
तल्लो र माथिल्लो सिद्धबाबा क्षेत्रमा निर्माणाधीन कल्भर्टमा भासिएर एक टिपरसमेत फसेको छ। दोभान प्रहरी चौकीका अनुसार कल्भर्टमा फसेको टिपर हटाउने र सडकमा खसेको पहिरो हटाउने प्रयास भइरहेको छ।
Facebook Comment