हावाहुरी र पानीले पाल्पामा लाखाैँकाे क्षति

Kandara News
प्रकाशित : २०८१ चैत २७ गते १२:३५

चैत २८,पाल्पा

गएरातिको  हावाहुरीसँगै आएकाे पानीले जिल्लाकाे विभिन्न स्थानमा क्षति पु-याएकाे छ । तानसेन, पूर्वखोला, बगनासकाली, निस्दि, रिव्दीकाेट, रैनादेवी छहरालगायतका स्थानमा हावाहुरी र पानीले क्षति पु-याएकाे छ ।

तानसेन टुँडिखेल मैदानमा जारी महोत्सव स्थलमा पनि ठूलो क्षति पुर्याएको छ । स्टेज लगायत स्टलका छानो समेत हुरीले उडाएको छ । टुँडिखेल मैदानमा पानी जमेका कारण लगाइएका कार्पेट तथा सजावट सामाग्री समेत जलाम्मे भएको छ । महोत्सव स्थलको पुर्न ब्यवस्थापन गर्नका लागि अन्य कार्यक्रम स्थगित गरिएको र आगामी सूचना जारी भएपछि मात्र महोत्सव निरन्तर चल्ने आयोजक ले जनाएको छ।

पूर्वखोला जल्पा मैदानमा दुई वटा घर हावाहुरीले उडाएकाे स्थानीय बासिन्दा रनबिर बरालले बताएका छन् । अन्य स्थानमा पनि क्षति पु-याएकाे बताइएकाे छ।


प्रकाशित : २०८१ चैत २७ गते १२:३५


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology