पशुपन्छी पालनमा उत्पादन तथा उत्पादकत्व बृद्धिको लागि अन्तरक्रिया कार्यक्रम सम्पन्न

बासुदेव ढकाल
प्रकाशित : २०८१ चैत २४ गते १९:२७

 

चैत्र २५ रामपुर पाल्पा ।

पशुपन्छी पालनमा उत्पादन तथा उत्पादकत्व बृद्धिको लागि आधारमूत पक्ष बारेको अन्तरक्रिया  कार्यक्रम रामपुरमा भएको छ । रामपुर नगरपालिकाका पशुपालक कृषक सहभागी कार्यक्रममा पशु पोषण विज्ञ तुल्सी राम भण्डारीले पशुमा उत्पादकत्व बृद्धीको लागी उपयुक्त पोषण, गोठ वा खोर व्यबस्थापन, पशु स्वास्थ र उत्पादनमा बृद्धी हुने भएकोले पशु पालक कृषकले व्यबस्थापन पक्षमा ध्यान दिन जोड दिनु भयो ।

राप्ति फिड इण्डष्ट्रीज प्रा.लि. लमही नपा ८ देउखरी दाङको आयोजना, सिताकुण्ड दुग्ध उत्पादक सहकारी सस्था रामपुर पाल्पाको व्यबसथापनमा भएको कार्यक्रममा पशु विज्ञ हुमनाथ अर्याल,नेपाल बाख्रा पालन व्यबसायिक संघ केन्द्रीय उपाध्यक्ष सूर्य प्रसाद रेग्मी , श्रीकृष्ण उन्नत भैसी पालन श्रोत केन्द्र रामपुरका पशु पालक कृषक कृष्ण कुमार अर्यालले कृषकको समस्या र आहार व्यवस्थापन र पोषणको आवश्यकताका बारेमा कृषकका समस्याका बारेमा आफ्ना धारणा राख्नु भएको थियो ।

राप्ति फिड इण्डष्ट्रीज प्रा.लि. लमही नपा ८ देउखरी दाङका सेल्स म्यानेजर सुदिप भण्डारीले सहभागीलाइ स्वागत गर्दै ब्यबसायिक कृषकलाइ पशु पोषणको ज्ञानको कमिले उत्पादन लिन नसकेको र कम्पनीले पशुपन्छिको आहार परिपूर्ती गर्न हाइप्रो पेलेट दाना उत्पादन गरेको जानकारी गराउनु भएकोछ ।

होटल श्रीनगरमा सिताकुण्ड दुग्ध सहकारी सस्थाका अध्यक्ष मोहन भट्टराइको अध्यक्षतामा भएको कार्यकंमको संचालन सचिव विनोद श्रेष्ठले गर्नु भएको थियो ।


प्रकाशित : २०८१ चैत २४ गते १९:२७


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology