रामघाट लक्ष्मीनारायण मन्दिरमा रामनवमी पर्व भगवानरामको पुजा आरधना गरि मनाइयो।

रमा भण्डारी रामपुर, पाल्पा
प्रकाशित : २०८१ चैत २४ गते ९:५४

चैत २५ रमा भण्डारी रामपुर पाल्पा
चैत्र शुक्ल नवमीका दिन मनाइने रामनवमी पर्व आज श्रद्धा भक्तिपूर्वक पूजा आराधना गरी मनाइएको छ । रामनवमी पर्वको अवश्वरमा रामपुर लक्ष्मीनारायण गुठि सन्चालन समितिको आयोजनामा रामघाटमा विशेषपुजाआजा भजनकृतन भएको छ । गतचैत २२गते देखि कथा प्रवचन सहित भएको कार्यक्रममा आइतबार रामनवामीको दिन कलशयात्रा गरि कार्यक्रमको शुभारम्भ भएको हो । भजनकृतन सहित रामघाटबाट निस्कीएको कलशयात्राकोइलीटारी रामक्ुवा ,राम्चेबन राम मन्दिर रामचुलो परिक्रममा गरि पुन रामघाटमा आएर कार्यकम्र भएको हो । पञ्चकन्या सहित विभिन्न यस रामपुर क्षेत्रका आमासमुह हरुको सहभागिता रहेका थियो । भगवान राम सग जोडिएको रामघाटको विषयमा पुराणमा उल्लेख रहेको पाइन्छ । राजा दशरथ र रानि कौशल्या को जेष्ठ शुपुत्रको जन्म भएको दिनको सम्झनामा जन्मउत्सोव मनाएको हो । त्रेतायुगमा अयोध्याका राजा दशरथ र महारानी कौसल्यादेवीको सुपुत्रका रुपमा श्री रामचन्द्रको जन्म चैत्र शुक्ल नवमीकै दिन भएको थियो । विष्णुको सातौं अवतार मानिने उहाँको जन्म हुँदा पुनर्वसु नक्षत्र थियो । कुण्डलीमा चन्द्रमाका साथ वृहस्पति रहेको कर्कट लग्नको योग परेको थियो । रामनवमीको महत्वका विषयमा गाग्र्यतन्त्र कृष्ण वचनअनुसार चैत्र अष्टमीका दिन अष्ट मातृकाको पूजा गरेर नवमीका दिन रामचन्द्रको पूजा गरी जप, पाठ र ध्यान गर्नाले मनले चिताएको काम सफल हुने उल्लेख छ । भगवान रामचन्द्र बनबास जाने क्रममा रामघाटमा स्थान गरिको भन्ने धामिक मान्यता समेत रहेकोछ । कलशयात्रा पछि दिउँसो औपचारीक कार्यक्रममा मन्दिरमा विभिन्न तवरले सहयोग गर्नै सहयोगदाता तथा आजिवन विशिष्ट आजिवन सदस्य ,आजिवन सदस्य चन्दादाता सस्थामा आवद्ध १सय २५ जना र कलशयात्रामा सहभागि आमासमुहलाइ प्रमणपत्र प्रदान गरिएको थियो ।मन्दिरमा विभिन्न आमासमुहले लाख बत्तिप्रज्वलन गरेको हो । मन्दिर व्यावस्थापन समितिका अध्यध्क्ष बुद्धिप्रकाश रेग्मीको अध्यक्षतामा भएको कार्यक्रमका मुख्य पाहुना पण्डित डा केशव स्वामी प्रपन्चार्यले रामपुर क्षेत्र भगवान रामले बनबासका क्रममा आएको कथनले धार्मिक हिसावले महत्वपुर्ण रहेका बताउनु भयो । वहाले यस्ता स्थलहरुको संरक्षण तथा प्रवर्धन गर्नै स्थानिय सरकारले ठुलो भुमिका खेल्नुपर्ने भन्दै यसलाइ धार्मिक तथा पर्यटकिय स्थलको रुपमा प्रचारप्रसार गरि आम्दानी गर्ने सकिने बताउनुभयो । रामपुर नगरपालिका वडा नम्वर ५ का वडा अध्यक्ष दुर्गा प्रसाद पोखरेलको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको संचालन समितिका सचिव मिनराज रेग्मीले गर्नु भएको थियो । बेलुका गंगाआरति गरिएको हो ।


प्रकाशित : २०८१ चैत २४ गते ९:५४


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology