रामपुर नगरपालिकाले नगर भित्रका सहकारी संस्थाहरुलाई सहकारीमा सुशासन सम्बन्धि अभिमुखिकरण प्रदान ।।
रमा भण्डारी रामपुर, पाल्पा प्रकाशित : २०८१ चैत २२ गते ११:३२
चैत २२ रमा भण्डरी रामपुर, पाल्पा
रामपुर नगरपालिकाले नगर भित्रका सहकारी संस्थाहरुलाई सहकारीमा सुशासन सम्बन्धि अभिमुखिकरण प्रदान गरेको छ । ६८ औं राष्ट्रिय सहकारी दिवसको अवसर पारेर शुक्रबार नगर भित्र सञ्चालनमा रहेका सहकारीका सञ्चालक समिति र कर्मचारीहरुलाई अभिमुखिकरण प्रदान गरेको हो ।
नेपाल बचत तथा ऋण लुम्बिनी प्रदेश सहकारी संघका अध्यक्ष कृष्णप्रसाद नेपालको अध्यक्षतामा भएको कार्यक्रममा रामपुर नगरपालिकाका नगरप्रमुख रमण बहादुर थापा मुख्य पाहुना रहनुभएको थियो । कार्यक्रममा नगरप्रमुख रमण बहादुर थापाले आयआर्जनमा जोडिन र बचत गर्न सहकारीको स्थापनाले धेरै सहयोग पुगेको बताउनुभयो ।सहकारीहरुले ऋण लगानी गर्दा ब्यक्तिको अबस्था कस्तो छ, तिर्ने आधार के के छन्, भोलि आफुले लिएको ऋण तिर्न सक्छकि सक्दैन भन्ने कुरामा ध्यान दिनुपर्ने बताउनुभयो ।नगरप्रमुख थापाले जुन उदेश्यको लागी ऋण लिएको त्यही काममा ऋणको सदुपयोग गर्नुपर्ने बताउनुभयो । उहाँले रामपुर नगरपालिकाले कुनैपनि पेशा, ब्यबसाय, कृषि पेशा गर्ने ब्यक्तिहरुले ब्याज अनुदान लिएर काम गर्न चाहेमा ब्याज अनुदानको ब्यबस्था गरेको बताउँदै १ लाख देखि ३० लाख सम्मको ऋणको ब्याज अनुदानको ब्यबस्था गरिएको बताउनुभयो । कार्यक्रममा नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ नेफुस्कुनका केन्द्रिय अध्यक्ष चन्द्रप्रकाश ढकालले सहकारी क्षेत्रका समस्याहरुको समाधान गर्न नेपाल सरकारले काम गरिरहेको बताउँदै स्थानिय तहहरुले सहकारीको प्रबर्द्धन र ब्यबस्थापन गर्न प्राथमिकता दिएर काम गर्नुपर्ने बताउनुभयो । अध्यक्ष ढकालले सहकारीको उदेश्य र प्रकृति फरक रहेकोले सहकारी र बैंकहरुको बिचमा के फरक छ भन्ने विषयमा आम जनतालाई बताउनुपर्ने बताउनुभयो । उहाँले सहकारी संस्थाहरु अनुशासन र नितिनियममा रहेर काम गर्नुपर्ने कुरामा जोड दिनुभयो । कार्यक्रममा रामपुर नगरपालिकाकी उपप्रमुख बालकुमारी थापाले रामपुरमा २३ वटा सहकारी संस्था रहेको र १८ वटा सहकारी नगरपालिकाको मातहतमा रहेको बताउनुभयो ।उहाँले सहकारीहरुलाई ब्यबस्थित गर्न सहकारीकर्मीहरुलाई तालिमको ब्यबस्था गरी सहकारीहरुको कारोबारहरु चुस्त दुरुस्त भएनभएको अनुगमन गर्ने काम रामपुर नगरपालिकाले गरिरहेको बताउनुभयो । रामपुर नगरपालिका पाल्पाको आयोजनामा भएको कार्यक्रममा प्राबिधिक सहयोग नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ नेफुस्कुन र लुम्बिनी प्रदेश बचत तथा ऋण सहकारी संघको प्राबिधिक सहयोग भएको हो । जिल्ला बचत तथा ऋण सहकारी संघ पाल्पाका अध्यक्ष जगदीश भट्टराईले स्वागत गर्नुभएको कार्यक्रमको संचालन लुम्बिनी प्रदेश बचत तथा ऋण सहकारी संघका महासचिव बसन्त ढकालले गर्नुभएको हो ।कार्यक्रममा धन्यवाद अन्धकारमुक्ति बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष सागरप्रसाद देबकोटाले दिनुभएको थियो । कार्यक्रममा नेफुस्कुन केन्द्रिय कार्यालयका वरिष्ठ अधिकृत नबिनराज दाहालले सहकारी सम्बन्धि नितिनियम र प्राबधानका विषयमा प्रशिक्षण दिनुभएको थियो । रामपुर स्थित सहकारी संस्थाहरुको समन्वयमा नमस्ते पाल्पा होटेलको सभाहलमा भएको कार्यक्रम मा रामपुर नगरपालिका भित्रका विभिन्न सहकारी संस्थाका संचालक समिति,कर्मचारी लगायतको सहभागिता रहेको थियो ।
Facebook Comment