चैते दशैँमा अष्टमी र नवमीलाई विशेष

Kandara News
प्रकाशित : २०८१ चैत २२ गते ११:१६

 

चैते दशैँमा अष्टमी र नवमीलाई विशेष रूपमा मनाउने गरिन्छ । आज अष्टमीको दिनलाई चैते दशैँ र भोलि नवमीलाई रामनवमीका रूपमा मनाउने गरिएको छ ।हरेक वर्ष चैत शुक्ल अष्टमीका दिन मनाइने चैते दशैँ पर्व आज नवदुर्गा भगवतीको पूजा आराधना गरी मनाउँदैछ ।

चैते दशैँको अवसरमा काठमाण्डौ उपत्यकाका गुह्येश्वरी, जगवागेश्वरी, मैतीदेवी, नक्साल भगवती, भद्रकाली, शोभा भगवती, कालिकास्थान, बज्रयोगिनी, इन्द्रायणी, बिजेश्वरी, सुन्दरीमाई, चामुण्डादेवीलगायत पीठमा चैते दशैँका अवसरमा विशेष पूजा हुन्छ ।

यसैगरी काठमाण्डौ उपत्यका बाहिरका पलाञ्चोक भगवती, चण्डेश्वरी, नाला भगवती, पाल्चोक भगवती, शैलेश्वरी, बागेश्वरी, गहवामाई, मनकामना, कालिकादेवीलगायत शक्तिपीठमा पनि चैत्र नवरात्रका अवसरमा विशेष पूजा गरिन्छ ।

चैत्र नवरात्रसमेत भनिने यस पर्वका अवसरमा शक्तिपीठमा गई पूजा आराधना एवम् दर्शन गरेमा शक्ति प्राप्त हुने, मनोकामना पूरा हुने धार्मिक विश्वास छ ।


प्रकाशित : २०८१ चैत २२ गते ११:१६


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology