उद्‌बुद्ध कलेज पाल्पामा स्ववियु निर्वाचन‌ सम्पन्न,अध्यक्षमा झ्यापुर्लुक

माधब न्यौपाने ,पूर्वखोला
प्रकाशित : २०८१ फागुन २८ गते १४:१९

उद्‌बुद्ध कलेज पूर्वखोला पाल्पामा स्वतन्त्रविद्यार्थी युनियन को निर्वाचन‌ सम्पन्न भएको छ । निर्वाचनमा अध्यक्षको उमेरद्वार कृष्ण झ्यापुर्लुक सहित  अनेरास्ववियुको  ११ सदस्यीय प्यानलनै  विजय भएको छ ।

जसको उपाध्यक्षमा  मनिका पुन, सचिवमा शंकर गाहा , सह सचिवमा  मनिषा गाहा, कोषाध्यक्षमा  पुजा डोटेल त्यसैगरी सदस्यहरुमा महेश राना, श्रृजल काम्मू ममता परियार ,साधना न्यौपाने, रेखा काम्मू, जानकी सारु रहेका छन्।

घोषणा सभामा निर्वाचन प्रमुख  सुशिल न्यौपाने ले निर्वाचीत पदाधीकारीलाई प्रमाण पत्र प्रदान गर्दै सफल र स्वणिम कार्यकालको लागी शुभकामना व्यक्त गरेका थिए  ।

कार्यक्रममा पूर्वखोला गाउँपालिका पालीका अध्यक्ष नुनबहादुर थापा को पनि विशेष सहभागिता रहेको थियो। अध्यक्ष थापाले  युवा तथा बिद्यार्थीहरु देशका सचेत नागरीक भएको हुँदा राम्रा र सकारात्मक पक्षमा चेतना फैलाउनु पर्ने बताउदै निर्वाचित हुने सबैलाई बधाई तथा शुभकामना व्यक्त  गरेका थिए । थापा २०७९ को चुनावमा एमाले बाट पालिका अध्यक्षमा निर्वाचित भएका थिए। यो उनको दोश्रो कार्यकाल पनि हो। कार्यक्रमा अनेरास्ववियु केन्द्रीय सदस्य नवीन आचार्य, कलेज प्रमुख हरी प्रसाद न्यौपाने ले आफ्नो मन्तव्य राख्दै बधाई तथा सफल कार्यकालको लागि शुभकामना व्यक्त गरेका थिए ।कार्यक्रमको सहजीकरण भने निर्वाचन सदस्य अन्नतराम पाण्डेले गतेका थिए ।

 


प्रकाशित : २०८१ फागुन २८ गते १४:१९


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology