११५ औं अन्तराष्ट्रिय नारी दिवस जल्पामा लोक दोहोरी प्रतियोगिता गरी सम्पन्न

माया राना,जल्पा
प्रकाशित : २०८१ फागुन २५ गते १४:३६

माया राना,जल्पा

पूर्वखोला गाउँ पालिका वडां न २ जल्पामा पनि ११५ औं आन्टराष्ट्रिय नारी दिवस मनाएको छ । खास गरि नारी माथी भएको दमन,श्रम शोषणबिरुद्ध आवाज उठाएको र अधिकार प्राप्ति दिनको स्मरणमा यो दिवस बिश्वभरी मनाउने गरिन्छ ।
नेपालमा यश बर्षको नारा ” लैङ्गकि  समानताको बलियो आधार,, सिर्जनात्मक प्रबिधिमा महिला पहुचको बिस्तार भन्ने राष्ट्रिय नारा रहेको थियो । स्थानिय तहमा महिला सहभागीता गराउने , उनिहरु संग भएको सीप र प्रतिभाको कदर गर्दै महिलाहरू स्वतन्त्र निर्णय गरेर नारी दिवस मनाएको पाइन्छ । यसै अवसरमा पूर्वखोला गाउँ पालिका वडा न २ मा रहेको जल्पा महिला कल्याण परिवारले सचेनता मुलक लोक दोहोरी प्रतियोगिता गरेर नारी दिवस मनाएको छ । जल्पा वडां भित्रका दश महिला सहभागी रहेको प्रतियोगितामा जल्पा बरेक्दिको महिला समूह पहिलो , शिर्जन्शिल महिला समूह दोस्रो ,,सत्यवती महिला समूह वापान तेस्रो भएको छ प्रतियोगीहरुले सामाजिक संजालको सदुप्योगको बारेमा दोहोरी गाएका थिए । बिजय सहभागीहरुलाई नगद पुरस्कारले सम्मान गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि जल्पा वडां अध्यक्ष नीर बहादुर सारुले यस्ता कार्यक्रमले महिलाहरु सँग भएको शिर्जन्शिल प्रतिभा खोजि गर्ने, सामाजिक सहभागिता गराउन उत्प्रेरित गर्ने बताउनु भयो ।  महिला कल्याण परिवार जल्पाका सचिव टोलसरी राइको संन्चालन र अध्यक्ष लिला सारुको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।

फिचर फोटो


प्रकाशित : २०८१ फागुन २५ गते १४:३६


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology