नेपाल राष्ट्रिय शिक्षक संगठन पूर्वखोला गाउँ समितिको तेस्रो अधिवेशन तथा ११५औं अन्तर्राष्ट्रिय महिला श्रमिक दिवस कार्यक्रम सम्पन्न।
नेपाल राष्ट्रिय शिक्षक संगठन पूर्वखोला गाउँ समिति तथा NNTA पाल्पा जिल्ला समिति को आयोजनामा पूर्वखोला गाउँपालिका वडा नम्बर ३ रिङ्नेरह स्थित श्री उद्बुद्ध माध्यमिक विद्यालयमा नेपाल राष्ट्रिय शिक्षक संगठन पूर्वखोला गाउँ समितिको तेस्रो अधिवेशन सम्पन्न भएको छ। पूर्वखोला गाउँपालिका शिक्षक संगठनका अध्यक्ष श्री लोकहरी देवकोटाको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रमको प्रमुख अतिथि नेपाल राष्ट्रिय शिक्षक संगठन लुम्बिनी प्रदेश महासचिव श्री सुरेश प्रसाद गौतम को प्रमुख आतित्य मा सम्पन्न भएको छ।
उक्त कार्यक्रममा शिक्षक महासङ्घ केन्द्रीय प्रतिनिधि टिकाराम ढकाल, नेपाल राष्ट्रिय शिक्षक संगठन पाल्पा जिल्ला उपाध्यक्ष तथा महिला विभाग प्रमुख श्री संगीता पाण्डे, नेपाल राष्ट्रिय शिक्षक संगठन पाल्पा जिल्ला पूर्व अध्यक्ष श्री नीलकण्ठ न्यौपाने ,विशिष्ट अतिथि पूर्वखोला गाउँपालिका अध्यक्ष श्री नुनबहादुर थापा लगायतले शिक्षकको हकहित शिक्षक आन्दोलन र समय सापेक्ष विभिन्न विषयमा आफ्ना धारणाहरू राख्नुभएको थियो।
नेपाल राष्ट्रिय शिक्षक संगठन पूर्वखोला गाउँ समितिको आयोजनामा सम्पन्न भएको तेस्रो गाउँ अधिवेशनबाट श्री सुशील न्यौपानेको अध्यक्षतामा २५ सदस्य नेपाल राष्ट्रिय शिक्षक संगठन पूर्वखोला गाउँ समिति गठन भएको छ समितिका उपाध्यक्ष तीर्थ सारू , महिला उपाध्यक्ष श्री शान्ति श्रेष्ठ, सचिव श्री कृष्णप्रसाद पंगेनी, सहसचिव श्री नरमाया सारु, कोषाध्यक्ष श्री झमान सीं ढेगा, सह कोषाध्यक्ष श्री संगीता डोटेल रहनुभएको छ।
११५औं अन्तर्राष्ट्रिय महिला श्रमिक दिवसको अवसरमा पूर्वखोला गाउँपालिकाभित्र को उत्कृष्ट महिला प्रधानाध्यापक मुकुन्द प्राथमिक विद्यालयका प्रधानाध्यापक श्री राधा सी के ज्यूलाई सम्मान गरिएको थियो।
नेपाल राष्ट्रिय शिक्षक संगठन पाल्पा जिल्ला सदस्य श्री अनन्त राम पाण्डे को स्वागत मन्तव्य, नेपाल राष्ट्रिय शिक्षक संगठन पूर्वखोला गाउँ समितिका कार्यवाहक सचिव कृष्णप्रसाद पंगेनीको सञ्चालन तथा नेपाल राष्ट्रिय शिक्षक संगठन पूर्वखोला गाउँ समितिका अध्यक्ष लोकहरी देवकोटाको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो।
प्रकाशित : २०८१ फागुन २४ गते २०:४८
Facebook Comment