कविता- नारी दिवस
डि वि गुरुङ
मनमा दन्किएकाे आगाे
कहाँ निभाउँछ र थुकले ?
पिरले पाेलेकाे मन !
केले निभाउँछ र झ्याप्प ?
हरचीज सम्हाल्ने महिला
नारी दिवसमा एक दिन
सुखकाे सगरमाथा चढ्छिन् !
बिर्सेर जीवनका पीडाहरु ।
भुलाउँछिन् आफैलाई !
न मिल्छ हरक्षण,खुसीका उज्याला !
बरु,आफू भाेकाे बसेर
अघाउन हाल्छिन् बस्तुभाउ
च्यातिएकाे मझेत्राे ओढेर आफूले
सिरक ओढाउँछिन् सन्तानलाई !
महिला,पहिला बन्ने दाैडमा
पछि पारिएकी महिला हुन् नारी !
बिर्सेर आफ्नै तिर्खा,
पिलाउँछिन् दूधकाधारा
चढाउँछिन् खुसीका आँसु
तप्पतप्प मनका मझेरीमा !
नारा,जुलुशमा मिसाएर मन
उचालेर फरररर राताे झण्डा
हटाउन नसक्दा मनका काला धब्बाहरु
सुसेलिंदा रहेछन् ईच्छाहरु कतैकतै ।
श्रम छ पैसा छैन
सीप छ पैसा छैन
जाँगर र जीवन छैन
आखिर नारी दिवस !
(रचना : २०८१ फागुन २४ गते,विहान )
प्रकाशित : २०८१ फागुन २४ गते १४:५२
Facebook Comment