जल्पामा वडां अध्यक्ष कप सम्पन्न।

माया राना,जल्पा
प्रकाशित : २०८१ फागुन १८ गते १५:४०

पूर्वखोला गाउँपालिका वडा न २ जल्पामा वडा अध्यक्ष कप प्रतियोगिता सम्पन्न भएको छ । खेलको विभिन्न बिधा मध्ये भलिबल र आई टि एफ तेक्वान्दो खेल प्रतियोगितामा सहभागी गराएका थिए ।


कार्यक्रमका प्रमुख अतिथि गाउँपालिका अध्यक्ष नुन वहादुर थापाले खेल्कुदकै माध्यमबाट युवाहरूलाई सामाजिक सचेनता,अनुशासन संगै प्रत्यक्ष स्वस्थ संग जोडिएको कारण यो कार्यक्रमको महत्व रहेको बताउनु भयो ।
जल्पा वडां भित्रका १३टिम सहभागी रहेको भलिबल प्रतियोगितामा ढोलिमाराको समूह पहिलो, वापानको समूह दोस्रो र मैदानको समूह तेस्रो भएको छ ।त्यस्तै गरि ६ समूह सहभागी रहेको महिला भलिबल तर्फ जल्पा साकिनेको समूह प्रथम , साठीकोलको समूह दोस्रो र जल्पा वापानको समूह तेस्रो भएको छ । त्येस्तै आई टि एफ खेल तर्फ शम्भु डोजाङंले ट्रफी,मेडल र प्रमाण पत्र हात पारेका छन। भलिबल प्रतियोगितामा सहभागी बिजय खेलाडीहरुलाई पनि नगद, मेड्ल र सम्मान पत्रले सम्मान गरेका थिए । जल्पा वडां कार्यलयले आयोजना गरेको यो कार्यक्रम प्रभावकारी रहेकोले निरन्तरता पाउने अपेक्षा सहभागीहरुले गरेका छन । पूर्वखोला गाउँ पालिका वडां न २जल्पाका वडां अध्यक्ष नीर वहादुर सारुको अध्यक्षता र रन वीर बरालको खेल संयोजनमा कार्यक्रम सप्पन्न भएको हो ।


प्रकाशित : २०८१ फागुन १८ गते १५:४०

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology