भुवन सिंजाली देविनगर , पाल्पा
पूर्वखाेला मगर संघ कार्यसमितिकाे आयाेजना र पूर्वखाेला गाउपालिकाकाे आर्थिक सहयोगमा वडा नम्बर ४ देविनगरकाे मातृभूमि माद्यामिककाे प्राङगरमा विभिन्न कार्यक्रम गरि मनाएको हाे।
कार्यक्रमका प्रमुख अतिथि पूर्वखाेला गाउपालिकाका अध्यक्ष नुन बहादुर थापाले २०३९ सालकाे फागुन १५ गते तनहु जिल्लामा भएको मगर संघकाे स्थपनालाइ मगर एकता दिवसको रुपमा मनाउन थालेकाे स्मरण गराउदै संविधानले व्यवस्था गरेको जनजातिहरुकाे हग अधिकार पालना गर्दै सरकारि क्षेत्रमा मगर जातिको बाहुल्यता बढाउनु पर्ने , मगर जातिको भाषा धर्म कला संस्कृति भेषभुषालाई चलन चल्तीमा ल्याउने पर्ने भन्दै संसारका मगर एक जुठ हुने पर्ने बताउनुभयो ।
मगर संघ पाल्पाका पुर्व सहसचिव सामाजिक अभियानता हाल वायुसेवा निगममा कार्यरत शाखा अधिकृत हरि बहादुर सारुले मगर समुदाय र युवाहरुलाइ हिजकाे परम्परालाई अात्मसाथ गर्दै जागिर पेसा व्यवसाय लागि मगरहरुकाे उत्थान गर्नु पर्ने बताए ।
पुर्वखाेला गाउपालिकाका प्रवक्ता मेहर सिं थापाले विवाहमा दिने दाइजाे , भाेज भटेरमा प्रयोग गर्ने बजारको रक्सिले अनावश्यक खर्च पठाएको हुनाले राेक लगाउनु पर्ने बताउनुभयो ।
विरकाेट वडाका अध्यक्ष विष्णु कुमार पल्लिले मगर भाषा हराउदै गएकोले हामीबाट घर देखि नै अाफ्ना बाल बच्चालाई मगर भाषा प्रयोग गर्नु पर्छ भन्नू भयो ।
कार्यक्रममा जल्पाबाट घाटु नाच , सिलुवाबाट काैरा नाच , देविनगरबाट पन्चे बाजा , हेक्लाङबाट सालैजाे , रिङनेरहबाट झ्याउरे नाच प्रस्तुत गरेको थियो ।
कार्यक्रममा नुन बहादुर थापा , कृष्ण श्रेष्ठ , रेवति घर्ती , ललिता दर्लामि , शेर बहादुर गाहा , इन्द्रबहादुर राना लगाएतले मगर समुदायकाे बारेमा बाेल्नु भएको थियो ।
नाच प्रस्तुत गर्ने टाेलिलाइ गाउपालिकाले नगदबाट सम्मान गरेको थियो ।
कार्यक्रम भुवन सिंजालि लक्किमाया सिंजालिकाे संचालन मगर संघ पूर्वखाेलाका अध्यक्ष हिरा बहादुर थापाको अध्यक्षता सम्पन्न भएको हाे।
प्रकाशित : २०८१ फागुन १६ गते १५:५३
Facebook Comment