रामपुर नगर गौशाला रामपुर नगरपालिका वडा नम्बर ६ तातोपानी पाल्पाको छैठोैँ बाषिकउत्सव कार्यक्रम भएको छ । रामपुर नगर गौशाला संचालन समितिका अध्यक्ष हुमनाथ न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा लोक भजन प्रतियोगिता गरी छैठोैँ बार्सिकउत्सव मनायको हो । कार्यक्रममा लुम्बिनी प्रदेश सभाकी उपसभामुख मेनुका खाँड केसी मुख्य पाहुना रहनुभएको हो । मुख्य पाहुना उपसभामुख मेनुका खाँड केसीले रामपुर नगर गौशालाले गाइहरुको संरक्षणमा ठुलो पुन्य काम गरेको बताउनुभयो । गाइको दुध, घ्यू,पिसाब,गोबर धार्मिक तथा पुजाआजाको लागी हिन्दु संस्कारमा अतिनै महत्त्वपूर्ण रहेको बताउनुभयो । उहाँले गौशालालाई लुम्बिनी प्रदेश सरकारको आफ्नो क्षेत्र बिकाश कोशबाट बिगतमा १५ लाख सहयोग गरेको जानकारी दिनुभयो ।
उहाँले गाइको महत्त्वको बारेमा अहिलेका नयाँ पुस्तालाई जानकारी गराउँदै आफ्नो भाषा, धर्म, संस्कृतिको संरक्षणका लागी सबै लाग्नुपर्ने बताउनुभयो । आफ्नो धर्म प्रती अनुसासित हुँदै आद्यात्मिक चिन्तनमा ध्यान दिनुपर्ने बताउनुभयो ।यहाँको धार्मिक पर्यटनका साथै बिकाश निर्माणका लागी प्रदेश सरकारबाट सक्दो पहल गर्ने बताउनुभयो ।उपसभामुख केसीले कालीगण्डकी डाईभर्सनको बिषयमा प्रदेश सभामा रुलिङ गर्ने बताउनुभयो ।

कार्यक्रममा रामपुर नगरपालिका वडा नम्बर ५ का वडाअध्यक्ष दुर्गाप्रसाद पोखरेलले संस्कार संस्कृती र परम्पराको संरक्षणको लागी नगरपालिकाले आबस्यक बजेटको ब्यबस्था गरेको बताउनुभयो ।
कार्यक्रममा नेपाली काङ्ग्रेस लुम्बिनी प्रदेश कार्यसमिति सदस्य बिष्णुमायाँ ढकाल ,रामपुर नगर गौशालाका सल्लाहकार एबं अन्धकारमुक्ति बचत तथा ऋण सहकारी सँस्थाका अध्यक्ष सागरप्रसाद देबकोटाले गौमाताको संरक्षण गर्दै पर्यटकीय हिसाबले अगाडी बढाउन रामपुर गौशालाको बिकाशमा सबैले सहयोग गर्नुपर्ने बताउनुभयो । मानिसहरुकाे लागी जन्मदेखि मृत्युसम्मको सँस्कारका लागी गौमाताको महत्त्व रहेको चर्चा गर्नुभयो ।
कार्यक्रममा पुर्ब न्यायाधीश अनन्त डुम्रे ,रामपुर उद्योग बाणिज्यका अध्यक्ष भोजेन्द्रप्रकाश ढकाल ,नेपाली काङ्ग्रेस रामपुर नगरकार्यसमितीका उपसभापति ज्ञान प्रसाद भण्डारी, नेकपा एमाले रामपुर नगरकमिटी उपाध्यक्ष बिसाल श्रेष्ठ अशोक, नेकपा एकीकृत समाजबादी रामपुर नगरकमिटी अध्यक्ष फणेश्वर गौतम, रास्ट्रिय प्रजातन्त्र पार्टी रामपुर नगरअध्यक्ष राजेन्द्र ढकाल ,रास्ट्रिय जनमोर्चा रामपुर नगरकमिटी अध्यक्ष रामप्रसाद गैरे,जेष्ठ नागरिक मंच पाल्पाका अध्यक्ष देबराज ढकाल ,नेपाल पत्रकार महासघं पाल्पा शाखाकी उपाध्यक्ष बन्दना पोखरेल लगायतले बोल्दै नगर गौशालाको उन्नति र प्रगतिको शुभकामना सहित कार्यक्रम पुर्ण सफलताको शुभकामना दिनुभएको थियो ।
८ टिमको सहभागिता रहेको लोक भजन प्रतियोगितामा प्रथम राधाकृष्ण भजन समुह चापाकोट -६, केलादीको समुह हुन सफल भएको छ ।त्यसैगरी दित्तिय एकादशी भजन समूह रामपुर- ८, सेराको समूह , तृतीय राधाकृष्ण दामोदर एकादशी समुह रामपुर -६, र सान्त्वना गौशाला चोक एकादशी भजनकृतनको समुह भएको छ । प्रतियोगितामा प्रथम,दित्तिय, तृतीय र सान्त्वना हुने समूहले क्रमश १२ हजार ,७ हजार ,५ हजार र ३ हजार पाँच सय सहित प्रमाणपत्र प्राप्त गर्नुभएको निर्णायक मण्डलका संयोजक नारायण गौतमले जानकारी दिनुभयो ।
लोक भजन प्रतियोगिताको प्रथम पुरस्कार सौजन्य किसान एग्रोभेटका संचालक सुर्य भट्टराई ,दित्तिय पुरस्कारको सौजन्य प्रतिमा प्रतिक इन्टरप्राइजेजका संचालक कृतिनाथ श्रेष्ठ,तृतीय पुरस्कारको सौजन्य सामुदायिक रेडियो रामपुरका अध्यक्ष राजेन्द्रप्रसाद लम्साल र सान्त्वना पुरस्कारको सौजन्य तालपोखरा संरक्षण समितिले गरेको हो ।
कार्यक्रममा अध्यक्षको प्रतिबेदन प्रस्तुत गर्दै अध्यक्ष हुमनाथ न्यौपानेले रामपुर नगरपालिका, प्रदेश सरकार ,विभिन्न संघसस्थाबाट आर्थिक सहयोग प्राप्त हुँदै आएको बताउनुभयो ।उहाँले जन्मदिन लगायत विभिन्न शुभकार्यमा दानदाताहरुबाट गौशालालाई सहयोग प्राप्त भैरहेको बताउनुभयो ।
काेषाध्यक्षको प्रतिबेदन प्रस्तुत गर्दै काेषाध्यक्ष चन्डीप्रसाद खनालले १ करोड ५९ लाख १४ हजार ६ सय ७४ रुपैयाँ बराबरको आम्दानी खर्च प्रस्तुत गर्नुभयो ।
२०७५ सालमा स्थापना भएको नगर गौशालामा हाल २०० वटा गाइ रहेको, ८०५ जना आजिबन तथा विशिष्ट आजिबन सदस्य रहेको र ५ जना कर्मचारी कार्यरत रहेकाे अध्यक्ष न्यौपानेले जानकारी दिनुभयो ।
कार्यक्रमको संचालन रामपुर नगर गौशालाका सचिब बासुदेब ढकाल र स्वागत उपाध्यक्ष ठानेश्वर अधिकारीले गर्नुभएको हो । कार्यक्रममा रामपुरका कृयाशिल राजनीतिक दल ,संस्थाका सल्लाहकार ,आजिबन तथा विशिष्ट आजिबन सदस्य,पत्रकार लगायत कालीगण्डकी बेसीका धार्मिक ब्यक्तित्वहरुको सहभागिता रहेको थियो ।
प्रकाशित : २०८१ फागुन १३ गते ९:१२
Facebook Comment