मातृभूमि माद्यामिक विद्यालय पूर्वखाेला ४ देविनगरकाे ६८ औं वार्षिकोत्सब तथा अभिभावक दिवस विभिन्न कार्यक्रम गरि सम्पन्न भएको छ।विद्यालयका प्र अ पितम प्रसाद वस्यालले विद्यालयकाे शैक्षिक भाैतिक सामाजिक प्रगति प्रतिवेदन र १ करोड ८१ लाख ८२ हजार ३८ रुपिया बराबरको अार्यव्याय विवरण साथै ५ वटा भावि याेजना पेश गर्नुभएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि पूर्वखाेला गाउपालिकाका प्रवक्ता तथा देविनगर वडाका अध्यक्ष मेहर सिं थापाले बालबालिकाकाे भविष्य निर्धारण शिक्षाले गर्ने हुनाले बालबालिकालाई व्यवहारिक सिपमुलक नैतिकवान शिक्षा दिन सरकार शिक्षक अभिभावककाे महत्त्वपूर्ण भुमिका हुन्छ । विद्यार्थीले अनुशासनका साथ मेहनत गरेर पढ्न निर्देशन गर्नु हुदै विद्यालयकाे शैक्षिक भाैतिक विकासको लागि आफ्नाे क्षेत्रबाट साथ सहयोग गरि रहने प्रतिव्यत्ता व्यक्त गर्नु भयो ।
स्वर्गीय प्र अ मेहरमान थापाकाे स्मृतिमा उहाँको धर्मपत्नी धनी सरा थापा छाेरिहरु सुस्मिता थापा करुणा थापाले रु १ लाख १ हजार १ सय ५ रुपिया , स्वर्गीय छाेरा महेश खत्री स्मृतिकाे नाममा बुबा टेक बहादुर खत्रीले रु १५ हजार ५ रुपिया , स्वर्गीय छाेराहरु टेक बहादुर गाहा र मीन बहादुर गाहा स्मृतिकाे नाममा बुबा शेर बहादुर गाहाले रु ५ हजार रुपिया , स्वर्गीय बुबा बल बहादुर सिंजालि र अामा हिरा सरा सिंजालि स्मृतिकाे नाममा जय बहादुर सिंजालिले रु २० हजार थप गरि १ लाख रुपिया बराबरको अक्षयकोष स्थापना गरेका छन् ।
विद्यालयलाइ पूर्वखाेला गाउकार्यपालिका सदस्य रेवति सरा घर्ती , देविनगर वडा सदस्य भुवन सिंजालि , पुर्व स्रोत व्यक्ति टेक बहादुर खत्री , वायुसेवा निगममा कार्यरत शाखा अधिकृत हरि बहादुर सारु , भिमसेन प्रा वि का प्र अ राधा सिके , मुकुन्द प्रा वि का शिक्षक नारायण दर्लामि शिक्षक अभिभावक संघका अध्यक्ष हुम बहादुर सिंजालि , खुम बहादुर सिंजालि , शेर बहादुर गाहा , विद्यार्थी कमल सिंह मगर , इन्द्रमाया गाहाले शुभकामना मन्तव्य दिनुभएको थियो ।
विभिन्न व्यक्तिबाट स्थापना गरेको अक्षयकोषबाट छात्रवृत्ति २०८० सालकाे कक्षा १२ र एस इ इ परिक्षामा उत्कृष्ट अंक ल्याउने विद्यार्थीलाई सम्मान पत्र नगर पैसाबाट सम्मान , अक्षयकोष स्थापना गर्ने व्यक्तिलाई दाेसल्ला सम्मानपत्रबाट सम्मान विभिन्न शिर्षककाे छात्रवृत्ति वितरण , विभिन्न खेलकुद प्रतियोगितामा विजय हुने विद्यार्थीलाई पुरुस्कार वितरण गरेको थियो ।
विद्यालयकाे स्काउट ट्रुप समुहले पिटि प्रदशन गरेको थियो ।
५ महिना अगाडि विद्यालयका प्र अ मेहरमान थापाको असामाहिक निधनले कार्यक्रम भव्य र सास्कृतिक कार्यक्रम नगरि सामान्य रुपमा मनाएको विद्यालयले जनाएको छ।
कार्यक्रम शिक्षक रिता ढकालको संचालन र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भाेज बहादुर मश्राङगिकाे अध्यक्षतामा सम्पन्न भएको थियो ।
प्रकाशित : २०८१ फागुन १२ गते १९:१०
Facebook Comment