बिकास गैरे दोहा-कतार
नेपाली जनप्रगतिशील मञ्च बहराइनले आफ्नो १५औं स्थापना दिवस सम्पन्न अरेको छ । २१, फेब्रुअरी २०२५ का दिन बहराइनको मनमा स्थित भेटघाट नेपाली रेस्टुरेन्टको सभाहलमा एक भव्य समारोहका बिच कार्यक्रम सम्पन्न गरेको छ । 
मञ्चका अध्यक्ष रामु काफ्लेको सभा अध्यक्षतामा सुरुगरिएको कार्यक्रमको प्रमुख अतिथि नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र एसिया प्रदेश(सार्क बाहेक)का प्रदेश कमिटी संयोजक शनि कुमार ओली रहेका थिए ।

सभामा उपस्थित सम्पुर्ण अतिथिहरुको आतिथ्यता ग्रहण लगत्तै नेपाली राष्ट्रिय गान बजाई सुरुगरिएको कार्यक्रमाम नेपाली इतिहासमा विभिन्न कालखण्डका विभिन्न मुक्तिकामी आन्दोलनमा सहादत प्रप्त गर्ने ज्ञत अज्ञात सहिदहरु प्रती एक मिनेट मौन धारण गरि श्रद्धाञ्जली अर्पण गरिएको थियो ।

बिधिवत रुपमा संचालन गरिएको कार्यक्रमलाई प्रमुख अतिथी वली सहित विशिष्ट अतिथिहरुले एक साथ कलसमा दीप प्रज्वलन गरि प्रमुख अतिथी वलीले ब्यानर अनावरण गरि उद्धाटन गरेका थिए ।

कार्यक्रममा बहराइनमा स्थापित सम्पुर्ण नेपाली समुदाएका प्रमुख तथा प्रतिनिधि तथा सामाजिक अभियन्ताहरुको उत्साहजनक उपस्थिति रहेको थियो साथै मञ्च बहराइनका संस्थापक तथा एसिया प्रदेश सचिवालय सदस्य नारायण रपाल,एसिया प्रदेश सदस्य बुद्धि प्रसाद भण्डारी,नेपाली जनप्रगतिशील मञ्च कतारका अध्यक्ष राजेन्द्र देवकोट साथै गैर आबसिय नेपाली संघ बहराईनका अध्यक्ष राजकुमार श्रेष्ठको पनि उपस्थिति रहेको थियो ।

अतिथि बक्ताहरुले आफ्नो शुभकामना मन्तव्य राख्नेक्रममा मञ्चको १५ वर्षीय योगदानको चर्चा गर्दै स्थापना दिवसको शुभकामना दिएका थिए। कार्यक्रममा मञ्चका सांस्कृतिक भागका कलाकार बामदेव भाटले जनगायक जीवन शर्माको प्रसिद्ध गीत “सिमली छायाँमा बसी भरिया लामो सास फेरेको” प्रस्तुत गर्दै सहभागीहरूलाई मन्त्रमुग्ध पारेका थिए भने अन्य कलाकारहरुको पनि प्रस्तुती रहेको थियो ।

मञ्चका संस्थापक तथा एसिया प्रदेश सचिवालय सदस्य रपालले मञ्चको विगतका उपलब्धिहरूको चर्चा गर्दै संस्थालाई अझ मजबुत बनाउने प्रतिबद्धता समेत व्यक्त गरेका थिए ।

त्यसै गरि कार्यक्रमको अन्त्यमा अध्यक्ष रामु काफ्लेले उपस्थित सबैलाई धन्यवाद दिँदै आगामी दिनहरूमा पनि यस्तै उत्साह र सहभागिताको अपेक्षा व्यक्त गर्दै वाहाले मञ्चले प्रवासी नेपाली समुदायका हकहितका लागि थप सक्रिय भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

कार्यक्रमलाई प्रमुख अतिथिको रुपमा सम्बोधन गर्न बहराइन पुगेका वलीले कार्यक्रममा उठेका विषयवस्तुको जवाफ दिँदै अब नेपाली राजनीतिको मियो माओवादी बाहेक अरु पार्टीले गर्न नसक्ने र सम्भावना पनि नरहेको बताउदै प्रवासका संगठनहरूबाट पनि राजनीतिक चेतनाको विकास गर्दै अगाडि बढ्नु पर्ने बताएका थिए ।

अध्यक्ष रामु काफ्लेले कार्यक्रमलाई सफल बनाउन उपस्थित सबैलाई धन्यवाद दिँदै आगामी दिनहरूमा पनि यस्तै उत्साहजनक सहभागिताको अपेक्षा गर्दै मञ्च बहराईनले सधै बहराईनमा रहेका नेपाली समुदायका श्रमिकका हकहितका लागि थप सक्रिय भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गर्दै कार्यक्रमको समपन गरेका थिए ।

मञ्चका उपाध्यक्ष गोपाल सेजवालले मञ्चको बारेमा छोटो व्याख्या गरि यसको उद्देश्य, इतिहास र उपलब्धिहरूको चर्चा गर्नुको साथै, हलमा उपस्थित सम्पूर्ण अतिथि, शुभेच्छुक र सदस्यहरूलाई स्वागत मन्तव्य द्वारा स्वागत गरेका थिए भने मञ्चका अर्का उपाध्यक्ष मिनराज नाथले कार्यक्रमको सहजीकरण गरेका थिए ।

प्रकाशित : २०८१ फागुन १२ गते ९:३९
Facebook Comment