राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपाल पाल्पाको अध्यक्षमा मोहन ढकाल निर्वाचित भएका छन् । उनी पूर्वखोला गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख समेत हुन् । बुधबार पाल्पाको तानसेनमा सम्पन्न महासंघको चौथो जिल्ला अधिवेशनले ढकालको नेतृत्वमा नयाँ कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो ।
कार्यसमितिमा उपाध्यक्ष खुल्ला तर्फ चन्द्रतारा बस्याल;तानसेन यस्तै उपाध्यक्ष महिला तर्फ रिता थापा तिनाउ , सचिवमा सुुनिल अधिकारी रिब्दिकोट, उपसचिवमा केशबबहादुर जिसी माथागढी, कोषाध्यक्षमा गिताकुमारी श्रेष्ठ बगनासकाली रहेका छन् ।
सदस्यहरुमा खुल्ला तर्फ हरिबहादुर कुमाल रिब्दीकोट चन्द्रा चलाउने पूर्वखोला, सुनिता सारु माथागढी, जयबहादुर सोमै निस्दी, नेत्रप्रसाद पोखरेल रामपुर रहेका छन् ।
यस्तै पालिका तर्फबाट मिना बम (निस्दी), बिष्णु परियार (रामपुर), शान्ता खराल (बगनासकाली), झपेन्द्र घिमिरे (तानसेन), मनिषा लोहनी (माथागढी) माया परियार (रिब्दीकोट) रामप्रसाद न्यौपाने (रैनादेवी छहरा) रोशन रावल (तिनाउ) र रत्ना फाल (पूर्वखोला) रहेका छन् ।

प्रकाशित : २०८१ फागुन ९ गते १४:२८
Facebook Comment