नेपाली कांग्रेसका लागि मिसन–८४ नभइ गुणस्तरीय शिक्षा, स्वास्थ्य र रोजगार
www.kandaranews.com प्रकाशित : २०८१ फागुन ७ गते २२:०१
आज पाल्पाको पूर्वखोलामा आयोजित प्रथम लोकतान्त्रिक महोत्सवलाई सम्बोधन गर्दै सत्तारुढ दल नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अबको तीन वर्ष नेपाली कांग्रेसका लागि मिसन– ८४ नभइ गुणस्तरीय शिक्षा, स्वास्थ्य र रोजगार भएको बताएका छन् ।
उनले भने, ‘अबको तीन वर्ष गुणस्तरीय शिक्षा, स्वास्थ्य र रोजगार हाम्रो मिसन हो ।’
कांग्रेसका लागि तीन वर्ष पर्याप्त समय भएकाले कांग्रेस सक्रिय भएर लाग्ने प्रतिबद्धता महामन्त्री थापाले व्यक्त गरे । संसदका दुई ठूला दल मिलेर सरकार गठन गर्दा मुलुकमा विकास हुने र नागरिकले राज्यबाट फाइदा पाउने महामन्त्री थापाको भनाइ थियो ।
महामन्त्री थापाले कांग्रेस २०८४ सम्म राम्रो काम गरेर जनतामाझ जान सक्नुपर्ने बताए । उनले अब निःशुल्क स्वास्थ्य, शिक्षा र पर्याप्त रोजगारको वातावरण सिर्जना गर्ने गरी कांग्रेसले काम गर्ने उल्लेख गरे । कार्यक्रम नेपाली कांग्रेस पूर्वखोला गाउँ कार्य समिति पाल्पाको आयोजनामा सम्पन्न भएको हो।
Facebook Comment