छोरा हाम्रो घरमा गणतन्त्र कहिले आउछ ?

रचनाकार ✍🏻 जिबन न्यौपाने
प्रकाशित : २०८१ फागुन ७ गते २०:४५

*छोरा हाम्रो घरमा गणतन्त्र कहिले आउछ ?*

आमा भन्नुहुन्छ :
भोक ले मडारीरहेको मेरो पेट
यो चुहीने छानो
भत्किनै लागेको घरको दलीन
फाटेको मेरो फरीयाको फुर्को
तिम्रो बुवा युद्दमा शहिद भएदेखि
पुछिएको मेरो सिन्दुर
हाम्रो गाँउ , हाम्रो घर
आहिलेपानी उस्तै छ छोरा ,
साँची भनन…
छोरा हाम्रो घरमा गणतन्त्र कहिले आउँछ ??
हिजो तिम्रो बाबा संगै
रक्तिम इतिहाँसमा लागेका जनयुद्दका छर्राहरु
बेला बेला येसरी घोचिरहन्छन्
जसरि तिम्रो भबिष्य सम्झेर
मन-मस्तिस्क घोचिरहन्छन्
बेबस्था बदलिए जस्तै
हो बेबस्था बदलिए जस्तै
हाम्रो आवस्था कहिले बदलिन्छ ??
नढाँटि भनन :
छोरा हाम्रो घरमा गणतन्त्र कहिले आउछ ?
अस्ती भर्खर
चप्पल पड्काएर सहर छिरेका पल्लाघरे काँइला
अगी पँजेरो लिएर आए, खै कताबाट कमाए
आगनमा सुकाएका बिस्कुन भरि धुलो छ्यापेर गए,
बर्सभारिको मेरो पसिना धुलाम्मे भो
अब बर्सभरि खोले फाँडाे कसरि खाऊ ?
तिमिलाई आङ्ग ढाक्ने एकसराे कसरी दिलाउँ??
नढाँटि भनन,
छोरा हाम्रो घरमा गणतन्त्र कहिले आउछ ?
**
म भन्छु आमा,
ईतिहास निर्मम हुन सक्दैन,
अशक्त हुन सक्दैन,
क्रान्तिकारी हरु थाक्न सक्दैनन् ,
फेरिपनि अन्तिम श्वास रहेसम्म
जसरि हाम्रा कुन्ठित अधिकारहरु प्राप्त भयाे
दलित का आधिकार ,
महिलाका आधिकार ,
जनजाती, मधेसी,मुस्लिम
सबै सबैका प्राप्त आधिकार
हाे त्यसरिनै,
अर्धसामन्ति दलाल काे पर्खाल भत्काउदै,
फेरिपनि शान्तिपूर्ण युद्दका गित गुन्गुनाउदै,
ईतिहास बनाउने हाम्राे अभिभारा हामी पूरा गर्नेछाैं
तपाईं जस्तै कराैडाैं आमाकाे सपना पूरा गर्नेछाैं।

होसियार !
होसियार !!
होसियार !!!
सामन्तिकाे बिरोध गरेर आफै
अर्ध सामन्ती बनेका हरु होसियार !
खबरदार !!!
क्रान्तिका भाषण भजाएर
आफु आनुकुल मादल बजाउनेहरु खवरदार !
बिचौलिया दलाल र भ्रस्टचारीहरु होसियार !
रास्ट्रघाति देश बेचुवाहरु होसियार!
जनयुद्दलाई हिँसाकाे पगरी बाँधेर
आफै हिस्रक बनेकाहरु हाेसियार,
एकदिन,
मेरि आमा जस्तै कराैडाै आमाहरुककाे
भोको पेट को गुञ्जन ले बडारिनेछौ ,
क्रान्तिको भुमरिकाे ज्वालामा अवस्य मडारिने छौ 2 …..

*रचनाकार ✍🏻 जिबन न्यौपाने*


प्रकाशित : २०८१ फागुन ७ गते २०:४५

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology