फागुन ७रमा भण्डारी रामपुर पाल्पा
जनतालाई सहज सेवा प्रदानका लागि रामपुर नगरपालिकाले एकीकृत घुम्ती शिविर सञ्चालन गरेको छ । स्वास्थ्य परीक्षणसँगै नगरपालिका कार्यालयबाट प्रवाह हुने सेवा सहितको शिविर सञ्चालन गरेको हो ।
भूगोलका हिसावले टाढा रहेको वडा नं. ९ र १ लाई मध्येनजर गर्दै पहिलो चरणमा वडा नं. ९ मा एकीकृत घुम्ती शिविर सञ्चालन गरिएको हो । शिविरबाट योजनाको सम्झौता, बैंक खाता खोल्ने, ज्येष्ठ नागरिक परिचयपत्र, अपाङ्ग परिचयपत्र वितरण, पञ्जिकरण सेवा, व्यवसाय दर्ता तथा नविकरण, कृषि तथा पशु सेवा लगायतका सेवा आँखा, कान, घाँटी तथा दन्त परिक्षण सहित अन्य स्वस्थ्य परिक्षण सेवा प्रदान गरिएको थियो ।
नागरिकको सहज पहुँच वृद्धिका लागि शिविर सञ्चालन गरिएको प्रमुख प्रशासकीय अधिकृत सुर्य दर्शन पण्डितले बताउनुभयो । वहाले दुरदराजका जनतालाई नगरमै पुगेर लिनु पर्ने सेवाका लागि समयकाे खर्च अन्य खर्च हुने र दुख हुने भएकाले घुम्ती शिविर मार्फत सेवा दएकाे बताउनु भयाे ।
नगरपालिका कार्यालयबाट दुरी र पहुँचका हिसावले टाढा रहेका नगरबासीको लागि अन्य स्थानमा पनि शिविर संचालन गर्ने योजना रहेको रामपुर नगरपालिकाका प्रवक्ता कपिल बहादुर खाँणले बताउनुभयो । वडा नं. ९ मा भएको शिविरबाट एकै दिन ६ सय १० सेवाग्राहीले सेवा लिएको वडा अध्यक्ष दिल बहादुर रानाले जानकारी दिनुभयो ।
शिविरमा स्वास्थ्य जाँच तथा ल्यावसेवा २१३ जना, आँखा तथा कान जाँच ५२२ जना, दन्त परिक्षण २१५, सामाजिक सुरक्षा भत्ताको बायोम्याट्रिक ३२ जना, बेरोजगार व्यक्ति सुचिकरण सेवा ११ जना, अपाङ्गता तथा जेष्ठ नागरिक परिचयपत्र ११ जना, योजना सम्झौता ७ जना, व्यवसाय नविकरण ८ जना र बैंक खाता खोल्ने १४ जना, पशु सेवा १४५ र कृषि सेवा १०८ जनाले सेवा लिएको योजना शाखा प्रमुख विक्रम बस्नेतले जानकारी दिनुभयो ।
साथै शिविरमा ७ जनाले माटो परिक्षण गराएका छन भने २५ जना कृषकले गाेवर परिक्षण गराएका छन् । आधारभूत स्वस्थ्य केन्द्र जब्गादीको परिसरमा भएको शिविरमा रामपुर अस्पतालको समन्वयमा विशेषज्ञ सहितको स्वास्थ्य जाँच, पाल्पा मेट्रोसिटी अस्पतालको समन्वमा सुगर प्रेसर जाँच र कालीगण्डकी आँखा उपचार केन्द्रको समन्वयमा आँखा तथा कान परिक्षण र आौषधी वितरण गरिएको थियो । वडाबाटै सेवा प्राप्त गरेसँगै स्थानीयहरु खुशी भएका छन् । नगरपालिकाले यस अघि वडा वडा मै पुगेर चालू आर्थिक वर्षमा सञ्चालन हुने योजनाको सम्झौता र बैक खाता खोलेको थियो ।नगरपालिकाले बैंक भन्दा पर रहेका नागरिकहरुलाई सामाजिक सुरक्षा भत्ता वडा र टोलबाट वितरण गर्दै आएको छ। नगरपालिकाले वडाबाटै सबै सेवा दिएकाे भन्दै स्थानिय भने खुशि भएका थिए ।

प्रकाशित : २०८१ फागुन ७ गते १२:१६
Facebook Comment