चौथो रामपुर महोत्सव तथा व्यापार मेला भव्यताका साथ सम्पन्न

रमा भण्डारी रामपुर, पाल्पा
प्रकाशित : २०८१ माघ २८ गते १०:३४

माघ २८ गते, रमा भण्डारी रामपुर , पाल्पा
आर्थिक समृद्धिको लागी कालीगण्डकी उपत्यका बिकाशको मुल आधार भन्ने नाराका साथ चौथो रामपुर महोत्सव एबं ब्यापार मेलाको गत माघ १५ गतेदेखि जारी महोत्सव समापन भएको छ । रामपुर नगरपालिका वडा नम्बर ५ बेझाँडको रामतुलसी माद्यामिक बिद्यालयको खेल मैदानमा भएको मेला रामपुर उद्योग वाणिज्य संघका अध्यक्ष भोजेन्द्रप्रकाश ढकालको अध्यक्षता भएको हो । समापन कार्यक्रममा लुम्बिनी प्रदेशसभा सदस्य एबं अर्थ उद्योग तथा पर्यटन समिति सभापति राजुप्रसाद श्रेष्ठ रहनुभएको थियो । मुख्य पाहुना सभापती श्रेष्ठले बोल्दै मेलाले रामपुरको पहिचानलाई देशब्यापी बनायको बताउनुभयो । सभापति श्रेष्ठले कालीगण्डकी क्षेत्रमा हुँगिदेखि स्याउलिबजार सम्म आठओटा पक्की पुल निर्माण भैरहेको बताउँदै कालीगण्डकी उपत्यकालाई नदिको कारणले छुट्याउन नहुने बताउनुभयो । अब कालीगण्डकीका सबै पलिकालाई जोडेर कालीगण्डकी उपत्यकालाई महानगरको रुपमा विकाश गर्न सकिने बताउनुभयो ।अव्यवस्थित सुकुम्बासी र भुमिहिनको समस्या समाधान गर्न नेपाल सरकारले अध्यायदेश ल्यायको बताउनुभयो । लालपुर्जा लियौँ तर १० बर्षसम्म बेचबिखन गर्न नपाउने प्राबधानले हामी लाखौं रकम तिरेर लियको लालपुर्जाले हामीलाई ऋणमा डुबाउने बताउनुभयो ।त्यसैले यो भुमिसम्बन्धि १० बर्से प्राबधान हटाउन संघिय मन्त्री ज्युलाइ भेटेर ध्यानाकर्षण गरायको बताउनुभयो । कालीगण्डकी नदिको डाईभर्सन हुननहुने बताउदै कालीगण्डकीको पानीलाई प्रयोगमा ल्याउन विशेष योजनाका साथ काम गर्नुपर्ने बताउनुभयो । रामपुर अस्पताललाई ट्रमा सेन्टरको रुपमा बिकास गर्न पहल गरिरहेको बताउनुभयो ।रामपुर उद्योग बाणिज्य संघलाई यो आर्थिक बर्षमा १५ लाख बजेट बिनियोजन गरिएको बताउँदै आगामी बर्ष आबस्यकताका आधारमा बजेट बिनियोजन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । कार्यक्रममा रामपुर नगरपालिकाका नगरप्रमुख रमणबहादुर थापाले रामपुर महोत्सव भब्यरुपमा सफल भएकोमा आयोजक परिवारलाई धन्यवाद दिनुभयो ।मेलाले कला, सँस्कृति र परम्पराको संरक्षण गर्दै रामपुरको पहिचानलाई उच्च राख्न मेला सफल भएको बताउनुभयो । लुकेर रहेका प्रतिभाहरुको प्रस्फुटन गर्न र स्थानीय उत्पादनलाई प्रबर्द्धन गर्न र पर्यटन प्रबर्द्धनमा मेलाले महत्वपूर्ण भुमिका खेलेको बताउनुभयो । उहाँले रामपुर नगरपालिकाका सबै वडाहरुमा बिकाश निर्माणको कामले तीव्रता दिएको बताउनुभयो ।
कार्यक्रममा रामपुर नगरपालिकाकी उपप्रमुख बालकुमारी थापा, महोत्सवमा दर्शकहरुको उल्लेख्य उपस्थितिले मेला सफल भैसकेको बताउँदै अब फराकिलो खुल्ला स्थानको आवश्यकताको महशुस गराएको बताउनुभयो । उहाँले याहाँको उद्योत तथा व्यापार व्यवसायको प्रवद्र्धनका लागि उद्योग वाणिज्य संगको सहकार्यमा कार्यक्रम गर्ने बताउनुभयो । रामपुर उद्योग वाणिज्य संघका सल्लाहाकार हजिल दिन मियाँले मेलाले गण्डकी बेशी क्षेत्रको पहिचानलाई थप स्थापित गर्न सफल भएको बताउनुभयो । कार्यक्रममा सल्लाहकार हजिलदिन मियाँ ,नेपाली काङ्ग्रेस रामपुर नगरकार्यसमिती सभापती नेत्रप्रसाद भट्टराई, नेकपा एमाले रामपुर नगरकमिटी अध्यक्ष लीलाबहादुर गाहा, नेकपा माओबादी केन्द्र रामपुर नगरकमिटी अध्यक्ष भिमबिश्व भट्टराई ,रामपुर नगरपालिका वडा नम्बर ७ का वडाअध्यक्ष दोबराज तिवारी, नेपाल पत्रकार महासघं पाल्पा शाखाका उपाध्यक्ष बन्दना पोखरेल लगायतले बोल्दै महोत्सवको उदेश्य अनुसार कार्यक्रम सफल भएको धारणा राख्नुभयो । कार्यक्रममा रास्ट्रिय कलाकारहरु लोक दोहोरी गायिका समिक्षा अधिकारी, लोक दोहोरी गायक मोहन खड्का, लोक दोहोरी गायक डिप्लब खाती, डान्सर एब मोडल श्रेया थापा मगर,डान्सर एब मोडल आस्था न्यौपाने लगायत स्थानीय कलाकारहरुको रमाइलो प्रस्तुति रहेको थियो । हिजो मेला समापनको दिनपनि १० हजारौं दर्शहरुको सहभागिता रहेको थियो । मेला स्टलहरुमा सामान किन्नेको भिडभाड रहेको थियो ।बाल उद्यानमा पिङ लगायत विभिन्न खेल खेल्नेको उत्तिकै भिडभाड रहेको थियो ।होटेलहरुमा पनि चिया नास्ता खानेको भिडभाड रहेको थियो । संघका महासचिव पुर्सोत्त्म केसीको संचालनमा भएको कार्यक्रममा स्वागत वरिष्ठ उपाध्यक्ष रुद्रनारायण श्रेष्ठले गर्नुभएको थियो । महोत्सव स्थानीय उत्पादनलाई प्रबर्द्धन गर्न, कालीगण्डकी क्षेत्रको पर्यटन प्रबर्द्धन गर्न, स्थानीय कला संस्कृतिको संरक्षण गर्न र यो क्षेत्रको आर्थिक समृद्धिको लागी महोत्सव आयोजना गरिएको हो । मेलामा स्थानीय कृषि उत्पादनका बस्तु , घरेलु तथा कुटीर उद्योग,कारागारमा कैदीबन्दीले उत्पादन गरेका सामानहरु, बिज्ञान तथा प्रबिधिका सामानहरु,अन्डर वाटर फिस टनेल, हस्तकला तथा महिलाउद्यमीले उत्पादन गरेका सामग्री, मौलिक खानाका परिकार ,स्थानीय उत्पादनका कफी सप, बाल उध्यान,फोटो प्रदर्शनी, अटोमोबाईलस लगायतका स्टलहरु रहेको थियो । मेलाको अबसरमा रामपुर महोत्सव कप २०८१ भलिबल प्रतियोगिता समेत भएको थियो ।प्रतियोगितामा नेपालका उत्कृष्ट ६ टिमको सहभागिता रहेको हो ।मेलाको अवसरमा भएको कृषि तथा पशुपंक्षि प्रदर्शनीमा उत्कृष्ट कृषकलाई पुरस्कृत तथा सम्मान गरिएको छ । व्यवसायिक रुपमा कृषि तथा पशुपालन गर्दै आउनु भएका कृषकहरुलाई पुरस्कृत गरिएको हो । त्यसैगरी मेलामा दोहोरी गित प्रतियोगिता समेत भएको थियो । रामपुर उद्योग बाणिज्य संघको आयोजनामा भएको महोत्सवको रामपुर नगरपालिका संरक्षक रहेको हो । महोत्सवमा १ करोड २० लाख आम्दानी गर्ने लक्ष्य रहेको र ८० लाख खर्च हुने अनुमान रहेकोमा लक्ष्य अनुसार मेला सफल भएको आयोजकले जानकारी दिएको छ ।


प्रकाशित : २०८१ माघ २८ गते १०:३४

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology