पूर्वखाेलाकाे वार्षिक परिक्षा चैत १३ देखि

भुवन सिंजाली
प्रकाशित : २०८१ माघ २५ गते १७:२१

 

पूर्वखाेला गाउपालिकाले २०८१ सालको कक्षा नर्सरि देखि ९ कक्षा सम्मको वार्षिक परिक्षा चैत १३ गते देखि संचालन गर्ने निर्णय गरेको छ।
पूर्वखाेला गाउँ शिक्षा समितिकाे बैठकले यस्तो निर्णय गरेको हाे ।
बैठकले माध्यमिक तहकाे खेलकुद प्रतियोगिता फागुन ९ र १० गते गाउपालिकाे खेलमैदान जल्पामा संचालन गर्ने , अभिभावक विहिन विद्यार्थीहरुलाइ तहगत रुपमा सम्बन्धित विद्यालयमा अार्थिक र शैक्षिक सामाग्री सहयोग गर्ने ।
कक्षा ८ का उत्कृष्ट विद्यार्थी छात्रछात्रा अवकाश शिक्षकलाई सम्मान गर्ने , सरस्वती माद्यामिक विद्यालयले माद्यामिक तह गणित शिक्षक माग गरेकोमा शिक्षक व्यवस्था गर्ने , जनजागृति प्राथमिक विद्यालयले १ थान कम्पुटर माग गरेकोले कम्पुटर सहयोग गर्ने , गाउपालिका भित्र उत्कृष्ट कार्यसम्पादन गर्ने उद्बुद्द माध्यमिक विद्यालय रिङ्नेरहलाइ ३,००,०००/ र गणपति माध्यमिक विद्यालय विरकाेटलाइ २,००,०००/ अनुदान दिने । वैदेशिक राेजगारिमा अभिभावक गुमाएका विद्यार्थीकाे छात्रवृत्तिकाे लागि सम्बन्धित निकायमा सिफारिस गर्ने , शिक्षा समितिमा रिक्त रहेको विभिन्न क्षेत्रका सदस्यहरु मध्य पदम बहादुर थापा, केश बहादुर फाल , विन्दु परियार , रितमान श्रेष्ठ , संगिता डाेटेललाई मनाेनयन गर्ने , बाल मैत्री विद्यालयकाे कार्ययोजना तयार गर्ने सामुदायिक विद्यालय मध्य ४ वटा विद्यालयकाे कम्पनी दर्ता खारेज गर्न प्रक्रिया अगाडि बढाउने लगाएतकाे निर्णय गरेको छ।

शिक्षा शाखाका प्रमुख लाेकहरि देवकोटाले शिक्षा शाखाकाे भाैतिक प्रगति ६५ प्रतिशत र वित्तीय प्रगति ५१ प्रतिशत भएको जानकारी दिनु भयो ।
प्रशासकीय प्रमुख सुन्दर प्रसाद श्रेष्ठले विद्यालयमा कार्यरत सबै कर्मचारीहरुलाइ मार्सिक रुपमा तलब भुक्तानीकाे व्यवस्था गरेको बताउनुभयो ।

शिक्षा समितिका अध्यक्ष नुन बहादुर थापाले बैठकलाई सम्बाेधन गर्नु हुदै खर्च गरे अनुसार गुणस्तरीय उपलब्ध मुखि शिक्षा वृद्धि नभएको भन्दै अब शिक्षकले सम्बन्धित विद्यालयकाे प्रधानद्यापकसंग र प्रधानद्यापकले शिक्षा समितिसंग प्रगति सम्झौता गर्नु पर्ने र साेहि अनुसार अगाडि बढ्नु पर्ने बताउदै गाउपालिकाले शिक्षककाे व्यवस्था , विषयगत शिक्षकलाई तालिम , शैक्षिक सामाग्री , भाैतिक विकासका काम गरेको भन्दै अब विद्यालयले याेजना माग गर्दा भाैतिक निर्माणका भन्दा शैक्षिक उपलब्धि मुलुक हुने खालको याेजना माग गर्न निर्देशन गर्नुभएको छ।


प्रकाशित : २०८१ माघ २५ गते १७:२१

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology