पंगेनी समाज नेपालको जिल्ला समिती पाल्पाको साधारण सभा तथा बृहत पुनर्मिलन कार्यक्रम सम्पन्न

डिल्ली राज पंगेनी
प्रकाशित : २०८१ माघ १८ गते १४:११

पंगेनी समाज नेपालको जिल्ला समिति पाल्पाको साधारण सभा तथा बृहत पुनर्मिलन कार्यक्रम रामपुर -८ मा विविध कार्यक्रममा गरेर सम्पन्न भएको छ ।
साधारण सभा कार्यक्रमका प्रमुख अतिथि पंगेनी समाज नेपालका महासचिव लिला प्रसाद पंगेनीले पंगेनीहरुको हकहितको लागि एउटा पंगेनी समाज नेपाल संस्था २०६० सालमा स्थापना गरिएको बताउनु भयो । लिला पंगेनीले पंगेनी हरुको हकहितको लागि कार्यालय स्थापना गर्ने गरि संस्था मार्फत रचनात्मक कार्यक्रम गरि अघि बढ्ने बताउनु भयो ।कार्यक्रममा केन्द्रीय सदस्य रेवती रमण पंगेनी , डिल्ली राज पंगेनी , केन्द्रीय सल्लाकार सदस्य केशब राज पंगेनी , अनुसन्धान आयोग का सदस्य भरत पंगेनी , जिल्ला सल्लाकार भेषराज पंगेनी , छायाचन्द्र पंगेनीले लगायतले शुभकामना मन्तवय राख्नु भएको थियो । यस्तै साधारण सभा बाट ८४ बर्ष पुग्नु भएका जेष्ठ सदस्य खिल राज पंगेनी र बोम माया पंगेनी लाई सम्मान गरिएको थियो । त्यस्तै एस ई ई र एस एल सि ई उत्कृष्ट जिपिए ल्याउनेलाई समेत सम्मान गरिएको थियो । अन्य आर्थिक सहयोग गर्ने लाई समेत भेलामा सम्मान गरिएको थियो । कार्यक्रम संस्थाका उपाध्यक्ष विनोद पंगेनी को स्वागत सचिब रविन्द्र पंगेनीको संचालन तथा अध्यक्ष दयाराम पंगेनीको अध्यक्षतामा संचालन भएको हो ।


प्रकाशित : २०८१ माघ १८ गते १४:११

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology