सिमा श्रेष्ठ बिरकोट,पाल्पा
“महिला नेतृत्व तथा क्षमता अभिवृद्धि कार्यक्रम” पूर्वखोला गाउपालिकाको आर्थिक सहयोगमा चारदिने तालिम शुरु भएको छ। पूर्वखोला गाउँ पालिका ५ बिरकोटको वडा भवनमा बिनोद नेपाल र गीता नेपालले नेतृत्व भनेको के हो ? नेतृत्वमा हुनपर्ने गुण आफु कसरी असल नेता बन्न सकिन्छ? समाज र समुदायलाई हरेक कार्यमा अगाडि बढाउन कसरी नेतृत्व गर्ने यसका राम्रो र नराम्रो पक्षहरु बारे आजको बिषयमा छलफल गर्नु भएको थियो ।
प्रत्यक ९ टौलका २/३ जना र समितिका पद्वाधिकारी रहेको कार्यक्रममा मुख्य पाहुना पालिका उपाध्यक्ष भागीरथी भट्टराईले हरेक बिकासमा महिलाहरु अगाडी हुनुपर्छ। राज्यको तेस्रो अंग नै महिला भएकोले महिलामा बुद्वि बिबेकमा क्षमता बृद्वि नभए सम्म कुनै पनि देश बिकास सम्भब नभएको कुरा राख्नु भयो ।
कार्यक्रममा पूर्बखोला गाउँ पालिका ५ बिरकोटका वडा वडा अध्यक्ष बिष्णु कुमार पल्ली सदस्यहरु पालिका कार्य पालिका सदस्य भन्र्दसिं बर्मेली शिब कुमार श्रेष्ठ , यम बहादुर सारु, साबित्री थापा र पार्पती हिताङगले गणपति माध्यमिक बिधालयका प्रधानाध्यापक प्रेम बहादुर बारघरे लगायतका पाहनाहरुले शुमकामना राख्नु भएको थियो । रुमी दिसुवाको स्वागत तथा ईन्दिरा बारघरेको संचालनबाट शुरुभएको कार्यक्रम सिर्जनशील उपोभोक्ता समुहकी अध्यक्ष शान्ति सिंजालीको अध्यक्षतामा चलेको हो ।
प्रकाशित : २०८१ माघ १६ गते २०:१८
Facebook Comment