अभिमुखिकरण कार्यक्रम सम्पन्न

माया राना,जल्पा
प्रकाशित : २०८१ माघ १५ गते १७:५४

पूर्वखोला गाँउपालिका वडा न २ जल्पा स्वास्थ्य  चौकीमा एच पि भि खोप अभियान सम्बन्धी एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । स्वस्थ चौकीका अनमी निरुता खाम्चाले कार्यक्रममा सहजिकरण गर्दै नेपालमा पाठेघर मुखको क्यान्सरको अबस्था , महिलामा देखिएको यसको प्रभाव , एच पि भि खोपको महत्व , यसको प्रतीअसर , नेपालमा यो खोपको संचालन , रणनैतिक योजनाको बारेमा जान्कारी दिनु भयो ।यो भ्याक्सिन लगाइने सुरक्षित उमेर समुह दश देखी चौध बर्ष उमेर समुहका किशोरीहरु लाई लक्षित गरिएको हुदा कक्षा ६ देखी दश पढ्ने बालिकाहरुलाई बिध्यलय स्तरमै अभियानको रुपमा लगाउने समेत जानकारी दिनु भयो। साथै बिध्यालयमा छुटेका लक्षित उमेर समुहलाई यही माघ २७ गते स्वस्थ संस्थामा लगाउन समेत अनुरोध गर्नु भयो । जल्पा वडाभित्र रहेका आधारभुत र मा बि तहका विध्यलय मध्ये जन प्रकाश आधारभूत विध्यालय साठीकोल यही माघ २२ गते , सरस्वती मा वि जल्पा खैरेनी माघ २३ गते , कमला आधारभूत विधयलय जल्पा मैदान २४ गते र शम्भु मा वि जल्पा यही माघ २५ गते खोप लगाउने मिति तय गरीएको छ । कार्यक्रममा वडा स्तरिय खोप समन्वय समिति, सामुदायिक महिला स्वस्थ स्वयम सेविका, विध्यालय प्रतिनिधी र अन्य सरोकारावालाहरु सहभागी रहेको थियो । कार्यक्रमको संचालन गर्दै स्वस्थ चौकी प्रमुख पदम थापा दर्लामीले खोप अभियानलाई प्रभावकारी बनाउनको लागी सहभागी शिक्षक प्रतिनिधि र र आ आफ्नै टोलमा रहेका महिला स्वयम सेविकाहरुले सहयोग गर्नको लागी अनुरोध गर्नु भयो ।


प्रकाशित : २०८१ माघ १५ गते १७:५४

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology