शैक्षिक सामाग्री निर्माण कार्यक्रम रामपुरमा सम्पन्न ।।

रमा भण्डारी रामपुर, पाल्पा
प्रकाशित : २०८१ माघ १४ गते २२:३३


माघ १४ रमा भण्डारी रामपुर , पाल्पा
रामपुर नगर शिक्षा शाखा रामपुरको आयोजनामा ४ दिने शैक्षिक सामाग्री निर्माण तालिम सम्पन्न भएको छ । रामपुर नगरपालिकाले शिक्षालाइ प्राथमिकतामा राखेर नगर भित्रका सबै विद्यालयका शिक्षक शिक्षिकालाई तालिम दिएको हो । २ समुहमा विभाजन गरि संचालन भएको तालिममा आफ्नै गाउटोल बस्ती मा पाइने बस्तुहरुलाइ नै सजिलो सग बुझाउन सकिने र विद्याथिले पनि सजिलो सग बुभने भन्दै शैशिक समाग्रिको महोत्व पुर्ण प्रयोग भएकाले तालिम संचालन गरेको नगर शिक्षा शाखा प्रमुख विकल काफ्लेले बताउनु भयो ।
नगर भित्रका इसिडि देखि कक्षा ५ सम्मका शिक्षकहरुका लागि शैक्षिक सामाग्री बनाउने तालिम ११ र१२ गने र आधारभुत तह र मावि तहका शिक्षकहरुका लागि १३र १४ गते गरी २समुहमा सचालन गरेको तालिममा सहभागि पर्शुराम पाण्डेले तालिम अत्यान्तै महत्वपुर्ण रहेको भन्दै तालिममा शिकेका शिपलाइ कक्षा कोठामा राम्रो सग व्यवहारमा उतार्ने बताउनु् भयो ।
तालिम समापनका अवश्वरमा बोल्दै रामपुर नगरपालिकाका उपप्रमुख बालकुमारी थापाले शिक्षा विना विकास नहुने भन्दै शिक्षालाइ नगरले प्राथमिकतामा राखेको बताउनु भयो । वहाले गुणस्तरिय शिक्षा तथा रोजगार सहितकोशिक्षा आवश्यक रहेको भन्दै तालिमलाइ व्यावहारमा उतार्न सहभागीहरुलाइ अनुरोधगर्नु भयो । नगर शिक्षा समितिका अध्यक्ष सिमा रानाको अध्यक्षतामा भएको समापन कार्यक्रमको संचालन प्राविधिक साहायक अनिता कुँवरले गर्नु भएको हो ।प्रशिक्षक मेनुका थापा र सुमिना कुँवरले प्रशिक्षण दिनुभएको तालिम आर्युबेदिक अस्पतालको सभाहलमा चलेको थियो । नगर भित्रका ५९ वटा विद्यालयका शिक्षकहरुको सहभागिता रहेको हो ।


प्रकाशित : २०८१ माघ १४ गते २२:३३


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology