प्रहरीले २सय ७० लिटर घरेलु मदिरा बरामत गरि नष्ट गर्यो ।।

रमा भण्डारी रामपुर, पाल्पा
प्रकाशित : २०८१ माघ १३ गते २०:०९

माघ १३ रमा भण्डारी रामपुर पाल्पा

ईलाका प्रहरी कार्यलय रामपुरले अबैध घरेलु मदिरा नष्ट गरेको छ । निस्दी गाउपालिका वडा नम्वर ५ बेलडाडामा चेकजाँच गर्ने क्रममा घरलु मदिरा बरामत गरेकोहो । गोप्य सुचनाको आधारमा यात्रु बाहक बस चेकजाँच गर्ने क्रममा लु १ ख ८३६४ नम्वरको बसमा शुक्रबार रामपुर तर्फ ल्याउदै गरेको २ सय ७० लिटर घरेलु मदिरा बरामत गरेको हो ।

बरामत भएको मदिरा आज इलाका प्रहरी कार्यलय रामपुरमा रामपुर नगरपालिका वडा नम्वर ५ का वडा अध्यक्ष दुर्गा प्रसाद पोखरेल इलाका प्र्रशासन कार्यलय रामपुरका प्रमुाख गणेश कार्की ,विभिन्न मिडियामा आवद्ध पत्रकार हरुको रोहबरमा नष्ट गरेको इलाका प्रहरुी कार्यलय रामपुरका प्रमुख राम बहादुर नेपालीले बताउनु भयो ।वहाले दैनिक विभिन्न रामपुर भित्रिने गाडि चेकजाँच गर्ने क्रममा मदिरा बरामत गरेको बताउनु भयो ।
घरेल्ु मदिरासेवनले गाँउसमाजमा विकृति विसंगति बढ्नु का साथै होहल्ला हुने झैझगडा हुने र विभिन्न खालका घरेलु हिसा हुने भन्दै अबैध मदिरा नष्ट गरेको प्रहरीले जनाएको छ ।


प्रकाशित : २०८१ माघ १३ गते २०:०९


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology