रामपुरका १९सय ४४ किशोरीहरुलाइ एचपिभि खोप लगाउने ।।

रमा भण्डारी रामपुर, पाल्पा
प्रकाशित : २०८१ माघ १३ गते १८:५१

माघ १३

रमा भण्डारी रामपुर, पाल्पा

रामपुर नगरपालिका स्वास्थ्य शाखाको आयोजना एवं जनस्वास्थ्य कार्यालय पाल्पाको प्राविधिक सहयोगमा ‘ह्युमन प्यापिलोमा भाइरस’ ९एचपिभी० खोप अभियान–२०८१ माघ २२ गतेबाट रामपुर नगरपालिकामा चल्ने भएको छ । एच पि भि खोप सम्वन्धी जानकरी गराउन स्वास्थय साखा रामपृुरले आज स्थानिय जनप्रतिनिधि विद्यालयका प्रधानध्यापक पत्रकार लाइ अभिमुखिकरण कार्यक्रम गरेको छ । नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख गिरीराज घिमिरेले यही माघ २२ देखि २९ गतेसम्म पहिलो चरणमा नगरका १ हजार ९ सय ४४ किशोरीलाई खोप दिइने जानकारी दिनुभयो । नगरपालिका भित्रका विद्यालयका कक्षा ६ देखि १० सम्मका र विद्यालय बाहिरका १० देखि १४ वर्ष उमेरसम्मका किशोरीलाई पाठेघरको मुखको क्यान्सर हुनबाट जोगाउन एचपिभी खोप लगाइने घिमिरेले बताउनुभयो ।
एचपिभी खोप अभियानका लागि नगरका सबै स्वास्थ्य संस्थाका प्रमुख र वडाका स्वास्थ्यकर्मीलाई तालिम िदिइसकेको र आज र पत्रकार, विद्यालयका प्रध्यानध्यापक तथा जन प्रतिनिधिलाई तालिम दिएको हो ।
यसै वर्षदेखि अभियानसहित नियमित खोप कार्यक्रममा समावेश गरेको एचपिभी खोप अभियानका लागि शतप्रतिशत लक्ष्य प्राप्ति हुने गरी तयारी गरिएको नगरपालिकाका नर्र्सिङ अधिकृत पुनम धितालले बताउनुभयो । उहाँका अनुसार रामपुर नगरपालिकामा माघ २२ देखि २९ गतेसम्म विद्यालयमा नै पुगेर खोप सञ्चालन गरिनेछ । रामपुर नगरपालिकाका सबै विद्यालयमा गरि कक्षा ६ का ३७६ जना र कक्षा ७ देखि १० सम्मका १५ सय ६८ जना विद्यार्थी गरि नगरपालिकाका १ हजार ९ सय ४४ बिद्यार्थी र स्कुल बाहिर रहेका किशोरीलाई खोप लगाइनेछ बताउनु भयो । विद्यालयमा खोप लगाएको भोलिपल्ट छुटपुट भएका सो समुहका किशोरीलाई सम्बन्धित वडाको स्वास्थ्य संस्थामा खोप दिइनेछ ।
रामपुर नगरपालिकामा वडा नम्बर १ मा ४४ जना, २ मा ८२ जना, ३ मा १५३ जना, ४ मा १११ जना, ५ मा ७२६ जना, ६ मा २१८ जना, ७ मा १४३ जना, ८ मा १४५ जना, ९ मा १०९ जना र १० नम्बर वडामा २१३ जना छात्रालाई खोप दिइने नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख गिरीराज घिमिरेले बताउनु भएको छ ।
आगामी आर्थिक बर्षदेखि नेपाल सरकारले यो खोपलाई अन्य खोप जस्तै नियमित खोपमा लैजाने निर्णय गरिसकेको छ ।


प्रकाशित : २०८१ माघ १३ गते १८:५१


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology