माघ १२ रमा भण्डारी रामपुर पाल्पा
पाल्पाको रामपुरमा माघ १५ गतेदेखि शुरु हुने रामपुर महोत्सव तथा व्यापार मेलामा नौलो आकर्षण थपिएको छ । रामपुर उद्योग वाणिज्य संघले महोत्सवमा ‘अन्डर वाटर फिस टनेल’को तयारी गरेको छ ।
यसको तयारी गरिरहेको रामपुर उद्योग वाणिज्य संघका अध्यक्ष भोजेन्द्र प्रकाश ढकालले बताउनुभयो ।देशका अण्डर वाटर फिस प्रद्र्शनमा राख्दा दर्शकहरुलाई नयाँ हुने भएकोले राम्रो व्यवस्था गरि कालीगण्डकी उपत्यकाका नागरिकलाई समेत नौलो चिज देखाउन टनेल भित्र पानीमा राखिएको माछा र त्यस्तै गरि भित्र गएर हेर्न सकिने गरि टनेल फिसको व्यवस्था गरिएको हो ।
सुरुङभित्र पसेर हेर्न सकिने अण्डर वाटर फिस टनेलको व्यवस्थापनको लागि मेला स्थलमा काम तिब्र गतिमा भइरहेको मेलाका स्टल संयोजक सुर्य प्रसाद श्रेष्ठले बचाउनु भयो ।
आर्थिक समृद्धिका लागि उद्योग र व्यापार कालि गण्डकी उपत्यका विकासको आधार भन्ने नाराका साथ संचालन हुने महोत्सव रामतुलसी माविको खेल मैदान बेझाड बजारमा हुने छ । मेलामा स्थानीय कृषि उत्पादन बजारीकरण, विभिन्न समुदायको कला संस्कृति जगेर्ना, पर्यटन प्रबद्र्धन, कुटिर उद्योग, उत्पादन तथा बाहिरी लगानीकर्तालाई भित्र्याउने लक्ष्य सहित रामपुर नगरपालिकाको प्रर्बद्धनमा हुन लागेको महोत्सब माघ १५ गते शुरु भई माघ २७ गतेसम्म चल्नेछ । महोत्सबको उद्घाटनदेखि नै विभिन्न झाकी तथा भेषभूषा सहित मौलिक जातियगत परिकार रहने आयोजकले जानकारी दिएको छ ।
प्रकाशित : २०८१ माघ १२ गते १९:२८
Facebook Comment