सहमती नजुटे पछि चुनाब मार्फत रेडियो रामपुरको संचालक समिति व्यवस्थापन छनोट हुदै

रमा भण्डारी रामपुर, पाल्पा
प्रकाशित : २०८१ माघ ५ गते १७:३०

 माघ ५ रमा भण्डारी – रामपुर,पाल्पा
कालिगण्डकी सामुदायिक विकास केन्द्र द्धारा संचालित सामुदायिक रेडियो संचालन समितिको लागि सहमति हुज नसके पछि आज प्रजातान्त्रिक पद्धति अनुसार निर्बाचन भएको छ ।

२०६३ सालमा इजाजत लिएर २०६५सालको कातिक २६ गते परिक्षण प्रसारण गरी जनताको सुचनाको सम्वाहक बनेको सामुदायिक रेडियोको आज निर्बाचन भएको हो ।

जनताको मुठि दानबाट संचालनमा आएको रेडियो रामपुरको संचालक समिति चयनका लागि धेरै पटक छलफल भए पनिराजनितिक भागबण्डाको सहमति हुन नसके पछि आज निर्वाचन भएको हो ।

८सय ८८ जना विशिष्ठ आजिवन सदस्य तथा आजिवन सदस्य सख्या रहको रेडियोको संचालक समितिको अध्यक्ष पदका लागि २जनाको उमेद्वारी रहेकोमा राजेन्द्र प्रसाद लम्साल र रामप्रसाद खत्रि विच चुनाव भएको हो भने उपाध्यक्ष पदमा २ जनाको लागि ४ जनाको उमेदबारी परेको हो । उपाध्यक्षका लागि प्रेम बहादुर पोखरेल रामप्रसाद भण्डारी ,छायाचन्द्र पंगेनी र ,पदम पौड्याल विचमा निर्बाचन भएको हो । विहान सवा आठ बजेबाट शुरु भँएको मतदान कार्यक्रममा संविधान सभा सदस्य राधाकृष्ण कँडेल ,लुमिवनी प्रदेश सभा सदस्य तथा अर्थ उद्योग पर्याटन समिति सभापति राजु प्रसाद श्रेष्ठ र पाल्पा जिल्ला समन्वय समितिका प्रमुख टकनाथ खनालले पनि मत खसाल्नु भएको हो । मतदान प्रकिया अपरान्ह ४ बजे सम्म भएको निर्बाचन अधिकृत बालकृष्ण लम्सालले बताउनुृ भएको छ । वहाले ८सय ८८ मतदाता भएकोमा ३सय ५० मत खसेको बताउनु भएको छ । मगणनाका लािग भने सर्वपक्षीय बैठक बसेर बेलुका ६ बजे देखि मतगणना भइरहेको बताउनु भयो ।


प्रकाशित : २०८१ माघ ५ गते १७:३०


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology