पौष ५ रमा भण्डारी रामपुर पाल्पा
पाल्पाको निस्दी गाउँपालिका वडा नम्वर ४ नवलपुरको मध्यविन्दु नगरपालिका–१४ जोड्ने अरुणखोलाको जलुकेमा पक्की पुल निर्माण भए पछि स्थानिय खुशि भएको छन् । पक्कि पुल निमार्)ण भए पछि स्थानीयलाई आजतजावतमा सहज भएको छ । लुम्बिनी प्रदेशको निस्दी गाउपालिको वडा नम्वर ४ र गण्डकी प्रदेशअन्तर्गत नवलपुरको मध्यविन्दु नगरपालिका–१४ जोड्ने गरी पक्की पुल निर्माण गरिएपछि स्थानीयले वर्षांैदेखि भोग्दै आएको सास्ती अन्त्य भएको छ ।
पुलले विशेष गरी निस्दी ४ का स्थानीयलाई प्रत्यक्ष फाइदा पुगेको जलदेवी आधारभूत विद्यालय लामेदमारका शिक्षक लालबहादुर सोतीले बताए । उनका अनुसार पूर्वपश्चिम राजमार्गमा करिव आधा घण्टाको दूरीमा पुग्न सकिने हुँदा व्यापारिक, आर्थिक, सामाजिक र शैक्षिक क्षेत्रमा महत्वपूर्ण मेरुदण्डका रुपमा पुल रहेको बताए । पुल पोखराका आयोजना प्रमुख ज्ञानेन्द्रप्रसाद कलौनीले दुई स्पान रहेको मूल्य अभिवृद्धि कर भ्याटसहित रु १६ करोड ४९ लाख ५७ हजार चार सयको लागतमा निर्माण सम्पन्न भएको बताएका छन् । गण्डकी प्रदेश तनहुँको भिमाददेखि लुम्बिनी प्रदेश पाल्पाको रामपुर–मित्याल हुँदै अरुणखोला सडकअन्तर्गत पुनः गण्डकी प्रदेशकै नवलपुर क्षेत्र जोड्ने सडक योजना अन्तर्गत नवलपुर खण्डमा भने सडक स्तरोन्नतिको काम भएको छ । पाल्पा खण्डमा काम बाँकी छ । भिमाद रामपुर मित्याल अरुणखोला जोड्ने गरी २०७६ सालमा ट्रयाक खुलेको हो । यस सडक स्तरोन्नतिको काम सम्पन्न भई चालु भएपछि भने छोटो यात्रा तथा गाउँ र सहर जोडिने हुँदा यसलाई महत्वपूर्ण सडकमार्गको रुपमा हेरिएको निस्दी गाउपालिका का अध्यक्ष मुक्त बहादुर सारुले बताउनु भयो ।
प्रकाशित : २०८१ माघ ५ गते ११:२५
Facebook Comment