नवलपरासी । पूर्व-पश्चिम राजमार्ग अन्तर्गत पूर्वी नवलपरासीको विनय त्रिवेणी गाउँपालिकामा पर्ने दुम्किवासको विनय खोलाको पुल भाँचिएको छ । भारतीय नम्बरको एनएल ०१ ए एच ५१७९ नम्बरको लहरी ट्रकले ठक्कर दिएपछि पुल भाँचिएको जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीका डीएसपी जेसी शाहले बताउनुभयो ।
पुल भाँचिएपछि पूर्व-पश्चिम राजमार्गमा यातायात अवरुद्ध भएको छ । जसले गर्दा सयौं सवारी जाममा परेका छन् । बुटवल नारायणगढ सडक खण्ड विस्तारका क्रममा दाउन्नेमा लामो समय जाममा पर्ने समस्या भोगिरहेका यात्रुले पुल भाँचिएपछि फेरि लामो समय जाममा पर्नुपर्ने अवस्था आएको छ ।
वैकल्पिक सडक नभएकाले पुल नजिकै डाइभर्सन बनाएर मात्र यातायात सञ्चालनमा आउने छ ।
प्रकाशित : २०८१ पुष २६ गते २२:२०
Facebook Comment